प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण

प्रदेश नं १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना सङ्क्रमण

केन्द्रबिन्दु
0
Shares

विराटनगर।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखा परेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।

भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ ।

मन्त्री घिमिरे शनिबार साँझदेखि निवासमै रहेका छन् । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको सचिवालयले जनाएको छ ।

Logo