वीरगन्जमा कोरोना संक्रमित दुई व्यक्तिको मृत्यु

वीरगन्जमा कोरोना संक्रमित दुई व्यक्तिको मृत्यु

केन्द्रबिन्दु
0
Shares

वीरगन्ज ।

कोरोनाको केन्द्र जस्तै बनेको वीरगन्जमा संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका वडा नं. २० का ५३ वर्षिय संक्रमित पुरुष छन् । उनको आज बिहान मृत्यु भएको हो।

वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालको आइसियुमा १८ दिनदेखि उपचाररत उनको बिहान १ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । उनलाई मृगौला र मधुमेहको समेत समस्या थियो ।

यस्तै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। मृतकको नाम र ठेगाना भने खुल्न सकेको छैन।

उनी सोमबार सडकमा बिरामी अवस्थामा बेवारिसे भेटिएका थिए । ती पुरुषलाई भदौ १३ गते उद्धार गरी नारायणी अस्पतालको आकस्मिक उपचार कक्षमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको गए राति पौने ९ बजे मृत्यु भएको हो ।

अब वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ । साउन यतामा मात्रै ४९ जनाको मृत्यु भएको छ।

Logo