कोभिड–१९ को उपचारका लागि जनमैत्री अस्पताल सञ्चालन

कोभिड–१९ को उपचारका लागि जनमैत्री अस्पताल सञ्चालन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भूकम्पपछि बन्द रहेको बालाजुस्थित जनमैत्री अस्पताल कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको छ । सरकारले जनमैत्री अस्पताललाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको उक्त अस्पताल सोमबारदेखि सञ्चालनमा आएको हो ।

काठमाडौँ महानगरपालिकाको विशेष पहलमा सरकारले निर्णय गरेपछि उक्त अस्पताल १०० वेड क्षमतासहित सञ्चालनमा आएको काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए। उक्त अस्पतालमा शुरुको चरणमा ६ जना चिकित्सक र १२ जना नर्सले सेवा दिनेछन् । बिरामीको अवस्था हेरेर स्वास्थ्य जनशक्ति थप गरिने महानगरपालिकाले जनाएको छ । विसं २०७२ को भूकम्पपछि उक्त अस्पताल बन्द हुँदै आएको थियो ।

अस्पताल खुलाउन काठमाडौँ महानगरपालिका–१६ ले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै पत्राचार गरेको थियो ।

Logo