काठमाडौं महानगरका मेयर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं महानगरका मेयर शाक्यलाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ।

मेयर शाक्य श्रीमतीसहित ग्राण्डी अस्पतालमा जाँच गर्न गएको र पिसिआर परीक्षण गर्दा आफ्नो रिपोर्ट पोजेटिभ देखिएको मेयर शाक्यले केन्द्रबिन्दुलाई जानकारी दिए ।

उनका अनुसार श्रीमतीको भने रिपोर्ट कोरोना नेगेटिभ आएको छ। अहिले कोरोना पोजेटिभ देखाए पनि आफूलाई कुनै पनि लक्षण नदेखिएको र हिजोदेखि नै होम आइसोलेसनमा बसिरेहको उनले बताए । उनका अनुसार अहिले स्वास्थ्य अवस्था सामान्य छ।

Logo