नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुग्यो, आज ७ जना थपिए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुग्यो, आज ७ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ । आइतबार पनि १४ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ३९,४६० पुगेको छ । आज ८९९ जना थपिएका छन् । आइतबार १,२२१ जना थपिएका थिए । शनिबार ८८४ जना थपिएका थिए । शुक्रबार ९२७ जना थपिएका थिए । विहिबार १,१११ जना थपिएका थिए।

काठमाडौं उपत्यकामा आज २९८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना थपिएका हुन् । शुक्रबार ४१५ जना थपिएका थिए । शनिबार १८६ जना थपिएका थिए । आइतबार ४२९ जना थपिएका थिए । अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ४,५२२, भक्तपुरमा ५१७ र ललितपुरमा ६८५ पुगेको छ ।

यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ५,७२४ पुगेको छ । आज ११ हजार १२९ पिसिआर गरिएको थियो ।

यस्तै देशभर निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ । आज ५८८ जना निको भएका छन् । आइतबार २६७ जना निको भए । शनिबार ३१३ जना निको भएका थिए । शुक्रबार १६९ निको भएका थिए ।

Logo