काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ३९,४६० पुगेको छ । आज ८९९ जना थपिएका छन् । आइतबार १,२२१ जना थपिएका थिए । शनिबार ८८४ जना थपिएका थिए । शुक्रबार ९२७ जना थपिएका थिए । विहिबार १,१११ जना थपिएका थिए।
काठमाडौं उपत्यकामा आज २९८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जना थपिएका हुन् । शुक्रबार ४१५ जना थपिएका थिए । शनिबार १८६ जना थपिएका थिए । आइतबार ४२९ जना थपिएका थिए ।
यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ५,७२४ पुगेको छ । आज ११ हजार १२९ पिसिआर गरिएको थियो ।
यस्तै देशभर निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ । आज ५८८ जना निको भएका छन् । आइतबार २६७ जना निको भए । शनिबार ३१३ जना निको भएका थिए । शुक्रबार १६९ निको भएका थिए ।
प्रतिक्रिया