दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी फेला

दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी फेला

केन्द्रबिन्दु
0
Shares

दार्चुला ।

जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाका अनुसार दुई महिला र तीन पुरुष गरी पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक पुरुषमा स्क्रब टाइफसको सङ्क्रमण देखिएको जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले बताए। उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको तथा एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

अन्यको सामान्य अवस्था छ । स्क्रब टाइफसको जस्तै लक्षण भएका बिरामी अस्पताल आएपछि परीक्षण गरिएको जिल्ला अस्पतालले जनाएको छ । यसअघि पनि मालिकार्जुन गाउँपालिकामा स्क्रब टाइफसको लक्षण देखिएको थियो ।रासस

Logo