कोरोनालाई जित्न रोग प्रतिरोधात्मक क्षमता बढाउने १० उपाय (भिडियोसहित)

कोरोनालाई जित्न रोग प्रतिरोधात्मक क्षमता बढाउने १० उपाय (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म विश्वभर संक्रमित मध्ये ५ प्रतिशतले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा, दीर्घरोगी तथा गम्भीर रोगसँग लडिरहेका बिरामीहरु रहेका छन् । अर्थात् रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु कोरोना भाइरसबाट बढी प्रभावित भएको पाइएको छ । जसका अनुसार यस भाइरससँग लड्न रोग प्रतिरोधात्मक क्षमता राम्रो अथवा बलियो हुन एकदमै महत्वपूर्ण छ ।

रोग प्रतिरोधात्मक क्षमता भनेको के हो ?

रोग बिरुद्धको प्रतिरक्षा क्षमता भन्नाले रोग लाग्नै नदिने अथवा रोग लागि हालेमा पनि ज्यान नजाने वा रोगको असर दीर्घकालीन नहुने भन्ने बुझिन्छ । शरीरमा रोग लाग्ने मुख्यतया दुई कारणहरु हुन्छन् । पहिलो शरीर बाहिरबाट शरीरमा छिरेर दुःख दिने किटाणुहरु जस्तै, ब्याक्टेरिया, भाइरस, फङ्गसहरु हुन् । विषाक्त पदार्थ जस्तै– धुँवाधुलो, रसायनहरु र हानिकारक बिकिरणहरु जस्तै सूर्यको युभीलाईट, ठुलाठुला मेसिनबाट आउने रेडिएसन आदिहरु हुन् ।

दोस्रो कारण भनेको शरीरका अंगहरुमा अनेक समस्या भएर वा हाम्रै खानपिन र ब्यबहारले अंगहरुमा असर पर्नाले अंगहरुले राम्रोसँग काम नगर्ने स्थिति हो । हाम्रो शरीरमा दुई किसिमका प्रतिरक्षा कोषहरु हुन्छन् । एकथरी जुन जन्मिदैदेखि हाम्रो शरीरमा भएकाले सबै खालका किटाणु, जिवाणु वा अन्य मसिना हानिकारक तत्वलाई शरीरमा पस्ने बित्तिकै नष्ट गरिदिन्छ वा मत्थर पारिदिन्छ । खासगरी किटाणुको संख्या निकै ज्यादा भयो भने । यि कोषहरु छिटो सक्रिय हुनेभए पनि त्यति प्रभावकारी भने हँुदैनन् । विशेषगरी किटाणुको संख्या निकै ज्यादा भयो भने यस कोषले प्रभावकारी काम गर्न नसक्ने अवस्था हुन्छ ।

अर्कोथरी प्रतिरक्षा कोषहरुले तत्काल किटाणुहरुलाई नष्ट गर्न सहयोग मात्र गर्ने नभई भविष्यमा त्यस्तै खालका किटाणुहरु आए चिन्ने र आउँने बित्तिकै नष्ट गर्ने मेमोरी भएको एन्टाबडी उत्पादन गर्दछ । यो प्रक्रियाका कारण हामी जति धेरै किटाणुहरुसँग खुल्न सक्यौं वा जतिधेरै किटाणुहरु हाम्रो शरीरले चिनेर लडेर एन्टाबडी उत्पादन ग¥यो उति नै कम रोग लाग्छ । अर्थात् ति किटाणुहरुले अर्को पटक शरीरमा आक्रमण गर्न सक्दैन । आक्रमण गरी हाले पनि शरीरमा असर निकै कम हुन्छ ।

के के हुन् त रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायहरू ? यसपटक हाम्रो रिर्पोट यहि विषयमा केन्द्रीत छ । हेरौं यो भिडियोमा :

 

Logo