‘सक्किगोनि’ समुह र चक्रपथ सरसफाई महाअभियानद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

‘सक्किगोनि’ समुह र चक्रपथ सरसफाई महाअभियानद्वारा प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जनताको सुरक्षामा अग्रपंक्तिमा खटिने नेपाल प्रहरीको सोरखुट्टे टिमलाई आज सक्किगोनि हाँस्य सिरियल र चक्रपथ सरसफाई महाअभियानले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

चक्रपथ सरसफाई महाअभियानका संयोजक तथा ग्रीनसिटी अस्पतालका चियरमेन लोकबहादुर टन्डनको तर्फबाट केही थान स्वास्थ्य सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले जानकारी दिएका छन् ।

जनताको सुरक्षाका लागि अग्रपंक्तिमा रहेर सेवा दिने सुरक्षाकर्मीको मनोबल उच्च पार्ने सोचका साथ सहयोग गरिएको उनले बताए । सहयोग सामाग्री अन्तर्गत मास्क १५० थान, स्यानिटाइजर १५ लिटर र फेसशिल ५० थान लगायत छन् ।

Logo