मण्डनदेउपुरका शंकर नेपाल, जो क्यान्सरको उपचार गर्ने खर्च अभावमा छटपटाइरहेका छन्

मण्डनदेउपुरका शंकर नेपाल, जो क्यान्सरको उपचार गर्ने खर्च अभावमा छटपटाइरहेका छन्

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लाको मण्डनदेउपुर १० जोगिटार निवासी शंकर नेपाल लामो समयदेखि क्यान्सरपीडित भएका छन् । हाल भक्तपुरको गोठाटार बसोबास गर्दै आएका ४७ वर्षिय उनी पेशाले ड्राइभिङ गर्थे । तर उनी अहिले क्यान्सर जस्तो गम्भिर रोगबाट पीडित भएका छन् ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत उनको आर्थिक अवस्था ज्यादै कमजोर छ । उपचार गर्ने खर्च नहुँदा यतिबेला उनले आफन्त, साथीभाई र शुभचिन्तकहरुसँग सहयोगको याचना गर्दै जीवनको भिख मागिरहेका छन् ।

लकडाउनले यतिबेला हरेक व्यक्ति र परिवारलाई संकटमा पुर्याएको छ । शंकर नेपाललाई यहि बेला क्यान्सर रोगले समेत सताएपछि उनकै कमाइमा आश्रित रहेको परिवार यतिबेला रनभुल्लमा छ ।

‘अब मेरो जीवन बाँच्ने साहारा तपाईंहरु नै हुनुहुन्छ ।’- शंकरले मलिन स्वरले भनेका छन् । उनलाई घाँटीमा क्यान्सर भएको छ । उपचार खर्च कति लाग्छ भनेर ठ्याक्कै भन्न पनि गाह्रो छ । यतिबेला कोरोना संकटका कारण एकातिर अस्पतालहरुले अन्य रोगका बिरामीलाई वास्ता गर्न छोड्ने अवस्था छ । यहिबेला शंकरलाई गम्भिर रोगले सताएको छ । उनको जीवन बचाउन मनकारी दाताको खाँचो छ । सबैले सानो सानो सहयोग गर्न सके उनको जीवन बचाउन सकिने झिनो आशा छ परिवारलाई ।

उनको अवस्था देखेर स्थानिय सक्रिय युवाहरुले सहयोग संकलन अभियान शुरु गरेका छन् । कसैले सहयोग गर्न चाहेमा सम्पर्क गर्न पनि उनीहरुले अनुरोध गरेका छन् ।

जोगिटारमा सम्पर्क

Narayan Nepal : 9841907296
Shyam Nepal : 9851225847

काठमाडौं र भक्तपुर सम्पर्क

Go Cool Nepal : 9841004217
महेश्वर नेपाल : 9841794220
बिरामि सम्पर्क नम्बर : 9843591670

यस्तै कुन्तावेसीस्थित मण्डनदेउपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले पनि शंकर नेपालको उपचारका लागि सहयोग अभियान शुरु गरिने बताएका छन् । ‘हामीले गर्दा हुन्छ भने गरौं भन्ने सोच हो’- उनले भनेका छन् । यस संस्था मार्फत विगतमा पनि मण्डनदेउपुरका दीर्घराेगी विरामीहरुलाई आर्थिक सहयोग जुटाउने कार्यमा श्रेष्ठले ठूलो भूमिका निभाउँदै आएका थिए ।

मण्डनदेउपुरमा किन बढ्दैछन् दीर्घरोगीहरु ?

मण्डनदेउपुरमा पछिल्लो ५ वर्ष यता क्यान्सर, मृर्गौलारोगी, प्यारालाइसिस जस्ता दीर्घरोगका विरामीको संख्या ह्वात्तै बढ्न थालेको छ । ३ वर्ष अघि मण्डनदेउपुर १० का २२ वर्षिय विशाल नेपालले दुवै मृर्गौला फेल भएर उपचार गराएका थिए । उनलाई पनि सहयोग जुटाइएको थियो । यस्तै वडा नं. ९ की १९ वर्षिया रुपा तिवारीलाई पनि व्लड क्यान्सर भएको थियो । उनलाई पनि आर्थिक संकलन गरि उपचार गराइएको थियो ।

शिक्षक भुपाल दाहाललाई प्यारालाइसिस र अन्य २ जना विरामीलाई पनि क्यान्सर लागेपछि सहयोग संकलन गरिएको थियो । यसरी पटक पटक खर्चिलो रोगका विरामी थपिन थालेपछि स्थानियहरु यसको कारण खोजी गर्न थालेका छन् । सहयोग संकलन गर्नु भन्दा यस्ता रोगहरुप्रति सचेत भएर आगामी दिनमा रोग नलाग्ने बनाउन सके उत्तम हुने मण्डनदेउपुर बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । कसैलाई केहि सहयोग क्षणिक हुन्छ तर रोग लाग्नै नदिने उपाय सोच्न अब नगरपालिकाले पनि ध्यान दिनु पर्ने उनको सुझाव छ । तर आपत विपतमा सानो सहयोगले पनि ठूलो काम गर्ने भएकाले सकेको सहयोग गरिदिन उनले सबैमा अनुरोध गरेका छन् । हाल कुन्तावेसीकी नानीमैया पंडित क्षेत्री र मकैटारकी अन्जना श्रेष्ठले पनि क्यान्सरको उपचार गराइरहेका उनले जानकारी दिएका छन् ।

Logo