नेपालमा कोरोना संक्रमितको संख्या ३६,४५६ पुग्यो, आज ९२७ जना थपिए

नेपालमा कोरोना संक्रमितको संख्या ३६,४५६ पुग्यो, आज ९२७ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या ३६,४५६ पुगेको छ । आज ९२७ जना थपिएका छन् । विहिबार १,१११ जना थपिएका थिए। बुधबार ८८५ जना थपिएका थिए ।

काठमाडौं उपत्यकामा आज ४१५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५० , भक्तपुरमा ५४ र ललितपुरमा ११ जना थपिएका हुन् ।

काठमाडौंमा विहिबार ३७७ जना थपिएका थिए । बुधबार पनि ३०१ जना थपिएका थिए । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ४,८११ पुगेको छ । आज १० हजार २२९ पिसिआर गरिएको थियो ।

यस्तै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ । आज १६९ जना निको भएका छन् । विहिबार ५६९ जना निको भएका थिए ।

Logo