बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा एक संक्रमितको मृत्यु

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा एक संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धरान ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

सिरहा नगरपालिका २ का ५५ वर्षीय पुरुषको आज साँझ ६ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । भदौ ६ गते प्रतिष्ठानको मेडिसिन वार्डमा भर्ना भएका उनलाई ७ गते कोरोना पोजेटिभ देखिएको थियो । उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले बताएको छ। उनमा उच्च रक्तचाप र पहिले क्षयरोग लागेर निको भएको थियो ।

मृतकको शव व्यवस्थापनका लागि अहिले प्रक्रिया सुरु गरिएको प्रवक्ता डा. सापकोटाले बताएका छन् । यो सँगै प्रतिष्ठानमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ।

Logo