नेपालमा कोरोना संक्रमित निको हुने दर ५६ प्रतिशत, मृत्युदर ०.५२ प्रतिशत

नेपालमा कोरोना संक्रमित निको हुने दर ५६ प्रतिशत, मृत्युदर ०.५२ प्रतिशत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमित मृत्युदर ०.५२ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ५६ प्रतिशत रहेको छ । यस्तै रेड जोनमा रहनेको संख्या ५८४ जना छन् ।

नेपालमा आज सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ । आज ८ जना थपिएका छन् । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ३५,५२९ पुगेको छ । आज १,१११ जना थपिएका छन् । बुधबार ८८५ जना थपिएका थिए । आज थपिएको संख्या हाल सम्मकै उच्च हो ।

यस्तै काठमाडौं उपत्यकामा आज अहिले सम्मकै उच्च ३७७ जना थपिएका छन् । आज काठमाडौंमा २७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जना थपिएका हुन् । बुधबार पनि ३०१ जना थपिएका थिए । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ४,३९६ पुगेको छ । आज १२ हजार ६२९ पिसिआर गरिएको थियो ।

यस्तै निको हुनेको संख्या २० हजार ७३ पुगेको छ । आज ५६९ जना निको भएका मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी इिएको छ ।

Logo