नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुग्यो, आज ८ जना थपिए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुग्यो, आज ८ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ । आज ८ जना थपिएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ३५,५२९ पुगेको छ । आज १,१११ जना थपिएका छन् । बुधबार ८८५ जना थपिएका थिए । आज थपिएको संख्या हाल सम्मकै उच्च हो ।

यस्तै काठमाडौं उपत्यकामा आज ३७७ जना थपिएका छन् । आज काठमाडौंमा २७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ जना थपिएका हुन् । बुधबार पनि ३०१ जना थपिएका थिए । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ४,३९६ पुगेको छ । आज १२ हजार ६२९ पिसिआर गरिएको थियो ।

यस्तै निको हुनेको संख्या २० हजार ७३ पुगेको छ । आज ५६९ जना निको भएका छन् ।

Logo