प्रदेश नं २ मा २४६ नयाँ सङ्क्रमित थपिए : कूल संक्रमित ९,४२७, निको हुने कति ?

प्रदेश नं २ मा २४६ नयाँ सङ्क्रमित थपिए : कूल संक्रमित ९,४२७, निको हुने कति ?

केन्द्रबिन्दु
0
Shares

पर्सा ।

प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा २४६ नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार सो अवधिमा सिरहामा दुई, धनुषामा ३३, महोत्तरीमा २०, सर्लाहीमा ७०, रौतहटमा १३, बारामा ५३ र पर्सामा ५४ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

यसका साथै, अब सङ्क्रमितको सङ्ख्या नौ हजार ४२७ पुगेको छ । सोमध्ये बुधबार १२८ जना उपचारपछि घर फर्केका छन् । यस प्रदेशमा अहिलेसम्म चार हजार ४३९ जना उपचार गराइ निको भएर घर फर्केका छन् ।

यस प्रदेशका १९६ क्वारेन्टिनमा ८८१ जना छन् भने होम क्वारेन्टिनमा दुई हजार ५८८, आइसोलेशनमा एक हजार १२० र होम आइसोलेशनमा तीन हजार ८०४ जना रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

Logo