कोरोनाको डर बिर्साउने १० उपाय (भिडियोसहित)

कोरोनाको डर बिर्साउने १० उपाय (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो समय विश्वभरि डँडेलो झैँ फैलिएको कोरोना भाइरस संक्रमणले अहिले विश्वलाई आक्रान्त बनाएको छ । भाइरसबाट हालसम्म विश्वभर २ करोड ३८ लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन भने ८ लाख १७ हजार बढी मानिसको मृत्यु भईसकेको छ । गत डिसेम्बरको अन्त्यतिर चीनको वुहान शहरबाट फैलिएको यस भाइरसको ८ महिना बितिसक्दा पनि कुनै औषधि बन्न सकेको छैन ।

स्वास्थ्य संगठन र सरकारले सबैलाई सामाजिक भेला नगर्न, एक्लै आइसोलेसनमा बस्न र भौतिक दूरी कायम गर्न निर्देशन दिएको छ । त्यसैले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशहरुमा लकडाउन जारी गरिएको छ ।

यसै क्रममा बिद्यालय, सिनेमा हल, स्वीमिङपुल, जीम, रंगशाला, मल, होटल, लगायतका मनोरन्जनात्मक कामहरु सबै बन्द भएका छन् । कोरोना कहरका साथै लकडाउनले मानिसहरु चिन्ता, तनाव साथै डिप्रेसनमा समेत पुगेका घटनाहरु देखिनै रहेका छौं ।

कोरोना भाइरसको सङ्क्रमणले विश्वभरिका मानिसको खुशीलाई निराशामा बदल्दैछ । यो क्रममा त्रसिद मानिसहरु खुशी हुने उपायको साथै कोरोना बिर्साउने कुरा तथा उपायहरुको खोजी गरिरहेका छन् ।

के के गर्नाले कोरोनाको डर बिर्साउन सकिन्छ त ? आजको हाम्रो रिपोर्ट यहि विषयमा केन्द्रीत छ । केन्द्रबिन्दुको यो विशेष प्रस्तुति हेरौं यो भिडियोमा :

 

Logo