प्रदर्शनीले उत्पादक र उपभोक्तामा उत्साह बढाएको छ -अध्यक्ष पौड्याल

प्रदर्शनीले उत्पादक र उपभोक्तामा उत्साह बढाएको छ -अध्यक्ष पौड्याल

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको भृकुटीमण्डपमा विहीबार सुरु भएको फीन इलेक्ट्रोटेक २०२२ जारी छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भइरहेको नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनीमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक सामग्रीहरु राखिएका छन् । 

मेलामा इलेक्ट्रोनिक व्यवसायी, इन्जिनीयर विद्यार्थी लगायत सबै सरोकारवालाहरु सहभागी हुने क्रम जारी छ । यसैबीच शुक्रबार मेलाको दोस्रो दिन हामीले आयोजक संस्था नेपाल विद्युत व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालसँग ५ प्रश्न सोधेका छौँ-

आज फीन इलेक्ट्रोटेक–२०२२ को दोस्रो दिन कस्तो छ मेलाको चहलपहल ?
-साह्रै उत्साहपूर्ण छ । सोचेको भन्दा बढी अवलोकनकर्ताहरु आइरहनुभएको छ । साह्रै खुसी छौँ हामी । अवलोकनकर्ताहरु सहभागी हुने क्रम बढ्दो छ ।

पहिलो दिन कस्तो रह्यो ?
-हिजो मेलाको उद्घाटन दिन । दश हजार भन्दा बढी अवलोकनकर्ताहरुले मेला अवलोकन गरेका छन् । बाँकी दुई दिन शनिबार र आइतबार अझै बढी मानिसहरुले अवलोकन गर्ने अपेक्षा छ । 

मेलामा आउने आगन्तुक व्यवसायीहरु तथा अवलोकनकर्ताहरु खुसी नै छन् त ?
-उहाँहरु पनि एकदमै सन्तुष्ट र उत्साहित हुनुहुन्छ । यस्तो आर्थिक मन्दीका वावजुद पनि उहाँहरु यसमा सहभागी हुनु र यो एक्स्पोले सफल बाटोतिर मोडिनु पनि उत्साहकै विषय हो । 

विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकाससँगै यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि मेला आयोजना गरिएको हो ।
 

यो मेला आयोजना गर्नुको उद्धेश्य के हो हो ?
-विद्युत् तथा विद्युतीय सामग्रीहरुको व्यवसाय विकाससँगै यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनकालागि मेला आयोजना गरिएको हो ।

अन्त्यमा अवलोकनकर्ताहरुलाई के भन्न चाहनुहुन्छ ?
-वर्तमान समयमा मानव जीवन नै विद्युतसँग अन्तर सम्बन्धित भएको छ । यो मेला विद्युतीय क्षेत्रका सरोकारवालाहरुलाई मात्रै नभएर हरेक व्यक्तिको लागि उत्तिकै महत्वपूर्ण छ । प्रदर्शनीमा राखिएका नवीनतम र अत्याधुनिक विद्युतीय सामग्रीहरुको अवलोकन गरेमा जो कोहीलाई पनि लाभ नै हुन्छ । अब दुई दिन बाँकी छ । त्यसैले घर बनाइरहेका उपभोक्ताहरु,इलेक्ट्रोनिक व्यवसायी, इन्जिनीयर विद्यार्थी लगायत आम उपभोक्तालाई एकपल्ट मेलाअवलोकन गर्न अनुरोध गर्न चाहन्छु ।

Logo