आईबी एजुकेसनले घोकाउने भन्दा पनि विद्यार्थीले बुझेको कुरालाई बढि फोकस गर्छः एकेडेमिक डाइरेक्टर प्रबिना थापा

आईबी एजुकेसनले घोकाउने भन्दा पनि विद्यार्थीले बुझेको कुरालाई बढि फोकस गर्छः एकेडेमिक डाइरेक्टर प्रबिना थापा


ललितपुर, सातदोबाटोको खुमलटार हाइटमा अवस्थित प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुल नेपालको पहिलो र एकमात्र आइबी कन्टिनम स्कुल हो। २०६७ सालमा स्थापना भएको यो स्कुलमा किन्डरगार्टेनदेखि १२ कक्षासम्म पढाइ हुन्छ। नेपालमा आइबी स्कुलको संख्या निकै कम छ। अन्तर्राष्ट्रिय स्तरको अध्ययन हुने यस प्रकारका स्कुलमा पढ्ने मौका सीमित विद्यार्थीले मात्र पाउँछन्। 

नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षा दिने प्रिमियर इन्टरनेसनल स्कुलकी एकेडेमिक डाइरेक्टर प्रबिना थापासँग प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलको गुणस्तरीय शिक्षा, व्यवहारिक ज्ञान, पठनपाठन शैलीको नमुना कस्तो छ ? र किन रोज्ने प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुल भन्ने विषयमा आधारित रहेर केन्द्रबिन्दु शिक्षा संवादमा कुराकानी गरेका छौँ । प्रस्तुत छ,  कुराकानीको सम्पादित अंश-

आईबी स्कुल के हो ? नेपालमा यो शिक्षा कसरी सञ्चालन भइरहेको छ ? 

-आईबी अर्थात् इन्टरनेसनल करिकुलम प्रोगाम नेपालको लागी नयाँ हो तर संसारको लागी यो नयाँ होइन। आईबी इन्टरनेसनल स्कुल संसारभर छन्, संसारभरी फेमस हुनुको कारण लोकल परिवेश, भाषा,कल्चरलाई सम्मान गरेर बच्चाहरूलाई ग्लोबल सिर्जनशिल बनाएर लैजान्छ। 

आईबीले चारओटा भाषाको अप्सन राखेको छ, जसमा अंग्रेजी, नेपाली, फ्रान्स, स्पेनिस रहेको छ । कति ओपन माइन्डेड होला यो इन्टरनेसनल करिकुलम जबकी उसलाई नेपाली मात्र दिनुपर्ने आवश्यक नै छैन।

पढ्ने विद्यार्थीले त सामान्य विद्यालयमा नै पढिहाल्छ तर आईबी स्कुल नै किन चाहियो नेपालमा ?

-हामीले के पढाउने भन्ने परिभाषा सुरूमा सोच्नुपर्छ। के घोकाउने मात्र पढाउने हो त ? घोकाएर त हामी सुगालाई नि पढाउन सक्छौँ, त्यसैले आईबी स्कुलले घोकाउने भन्दा नि बच्चाले के बुझेको छ भन्ने कुरालाई बढी फोकस गरेको छ । आईबी  शिक्षाले जान्ने, बुझ्ने र अप्लाई गर्नेको कम्प्लिट साइकलमा काम गर्छ।

हामी के गर्न सक्दैनाैँ भन्नुभन्दा पनि हामी के चाहीँ गर्न सक्छु भन्ने कुरा आईबीकाे पाेट काेडमा छ।

विद्यालय शिक्षामा शिक्षण सिकाईमा धेरै पद्धति छन् जसमध्ये नेपाल भित्रिएकै पनि थुप्रै करिकुलमहरु पाइन्छन्, नेपाली कलिकुलममा के त्यस्तो कुरा छैन र विदेशी करिकुलममा निर्भर रहनुपर्ने भएको छ ?

-के कुरा सिकाउने भन्ने कुरामा केही कमजोरी छैन, हाम्रो नेपालको करिकुलमा तर कसरी सिकाउने, किन सिकाउने भन्ने कुरामा सबैभन्दा बढी समस्या छ। सबै करिकुलमले कसरी सिकाउने, किन सिकाउने भन्ने कुरामा यसको बारेमा कुरा गर्दैनन् । नेपालमा मात्र होइन विदेशमा पनि सिकाउँदैन तर हाम्रो आईबीले यो कुरामा बढी सिकाइरहेको हुन्छ। 

११, १२ कक्षाका विद्यार्थीले ४ हजार ५ सय वर्डको रिसर्च पेपर लेख्छन्, एनोटेड गरेर बच्चाहरूले लेखिरहेका हुन्छन्।

यो आईबी कन्टिनम स्कुल भनेको के हो ?  आईबी स्कुल र आईबी कन्टिनम स्कुलमा के फरक छ ?

-आईबीको चारवटा प्रोगाम छन्, एउटा प्रामियस प्रोगाम १ टु ५, अर्काे न्युलियस प्रोगाम ६ टु १०, डिप्पलोमा प्रोगाम ११ र १२ र सिपी अर्थात करियर रिलिटेड छन्। यो चारवटा प्रोगाममा फर्स्टदेखि थ्रीसम्म फर्मल पढाइ रिलिटेड नै भए, यो तिनवटा प्रोगाम पढाउने इन्सिट्युसनलाई आईबी कन्टिनम स्कुल भनिन्छ। एउटा मात्र प्रोगाम चलाउनु भएको  छैन भने त्यसलाई आईबी स्कुल भन्न सक्नुहुन्छ।

विदेशी विद्यार्थीहरू पनि तपाईंहरूको विद्यालयमा पठन पाठन गरिरहेका छन्,  आईबी एजुकेसन सहज लागेर हो ?

-आईबी एजुकेसन सजिलो त छैन, एकदमै गाह्राे छ। एउटा ११,१२ कक्षाको विद्यार्थीले ४ हजार ५ सय वर्डको रिसर्च पेपर लेख्छन्, एनोटेड गरेर बच्चाहरूले लेखिरहेका हुन्छन्।  यो त अलरेडी स्कुमै सिक्छन् बच्चाहरू। (सो यु क्यान इम्याजिङ) बाँकी कति डिफिकल्ट छ पढाइ भन्ने, यो एउटा यस्तो प्रोगाम हो की विद्यार्थी र शिक्षकले  छान्ने  होइन की आईबीले नै छान्छ।

तपाईंकोमा कस्तो टिचरहरू राख्नुहुन्छ ? प्रायः विदेशी टिचरहरू छन् की  नेपालकै टिचरहरू राख्नुभएको छ ? 

-नेपालमा आईबी टिचर त छैनन्, किन भन्दा यो नेपालको लागि नयाँ कुरा हो। आईबी शिक्षा भनेको खोजमुलक भएकाले टिचरहरू पनि खोजिखोजि राख्नुपर्छ, सँगै  नयाँ कुरा सिकी राख्नुपर्छ। त्यही भएर नेपालीसँगै विदेशी टिचरहरू पनि छन्। 

आईबी स्कुलमा अंग्रेजी माध्यमबाट मात्र पढाइ हुन्छ या नेपालीमा पनि हुन्छ ?

-प्रचलित इन्टरनेसनल करिकुलम नेपालमा भनेको ई लेवल हो, कतै ई लेवलमा अंग्रेजी पढाएको सुन्नु भएको छ ? तर आईबीमा नेपाली पढाइन्छ । आईबी डीपीमा पनि नेपाली पढाइन्छ,साथै ११-१२ कक्षामा पनि नेपाली पढाइन्छ । बच्चालाई अप्सन हुन्छ।

बच्चाले दुईवटा भाषा पढ्नैपर्छ, तर आईबीले चारवटा भाषाको अप्सन राखेको छ, जसमा अंग्रेजी, नेपाली, फ्रान्स, स्पेनिसको रहेको छ । कति ओपन माइन्डेड होला यो इन्टरनेसनल करिकुलम जबकी उसलाई नेपाली दिनुपर्ने आवश्यक नै छैन।

पछिल्लो समय विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्नका लागि विदेश जाने क्रम बढिरहेको छ, यसलाई रोक्न के गर्नुपर्ला ?

-विदेश जाने क्रम नराम्रो होइन, बाहिर गएर नयाँ ठाउँमा गएर,नयाँ कुरा सिक्नु भनेको नराम्रो होइन । हामी जब आफ्नाे ठाउँबाट  नयाँ ठाउँमा जान्छाैँ तब अन्य कुराहरू सिक्छाैँ, बुझ्छाैँ । तर विदेशमा पढेर नेपालमा फर्कने माहाेल हुनुपर्छ। त्याे माहाेल भन्ने  कुरा धेरै कन्ट्रिकाे पाेलिसीकाे कुरा,  परिवारकाे भ्यालुकाे कुरा हुन्छ।

विदेशमा पढेर नेपालमा फर्कने माहाेल हुनुपर्छ। त्याे माहाेल भन्ने  कुरा धेरै कन्ट्रिकाे पाेलिसीकाे कुरा,  परिवारकाे भ्यालुकाे कुरा हुन्छ।

आईबीले विद्यार्थीहरूलाई अब्बल बनाएर बाहिर त निकाल्नुहाेला, यदी तपाईंले दिएकाे शिक्षा अनुसार व्यवस्था भएन भने फेरि उनिहरू विदेश नै पलायन हुन्छन् की ? 

-आईबी एजुकेसन के हाे भन्दा ग्राेथ माइन सेट भन्छाैँ नि, हामी के गर्न सक्दैनाैँ भन्नु भन्दा नि हामी के चाहीँ गर्न सक्छु भन्ने कुरा आईबीकाे पाेट काेडमा छ। हामी के काे बारेमा सिक्दैछाैँ, याे  कुरा हामीले आफ्नाे लाइफमा कसरी अप्लाई गर्न सक्छाैँ र मैले सिकेकाे कुराले कसरी देन दिन सक्छु भनेर सबै विद्यार्थीलाई साेच्ने गराउँछाैँ। 

नेपालका सामुदायिक स्कुलहरू निम्न स्तरबाट चलिरहेका छन्, राम्राे पढाइ  हुँदैन, याे सामुदायिक स्कुलहरूमा शैक्षिक उन्नती छ कि  छैन?

-पढाईकाे लिडर सिपमा भर पर्छ, सबै  निजी विद्यालयहरू पनि राम्राे छैनन् र त्यसैगरी सरकारी विद्यालयहरू पनि सबै नराम्राे छन् भन्न सकिदैँन,आफ्नाे-आफ्नाे पाेलेसीमा भर पर्छ, त्याे फरक निजी र सरकारीमा नि पाउनुहुन्छ । त्यसैले प्राइभेट  मात्र राम्राे छ भन्न सकिन्नँ।

प्रिमियर इन्टरनेसनल स्कुलमा बच्चाहरूलाई घोकाउने भन्दा पनि जानेको कुरालाई अप्लाई गर्न मद्दत गर्छ।

विद्यार्थीहरूले प्रिमियर स्कुल नै किन रोज्छन् ?

-प्रिमियर इन्टरनेसनल स्कुलमा दुईवटा प्याडल प्रोगाम छन्, एउटा आईबी डिपी प्रोगाम र अर्काे एनईबीको प्लस टु प्रोगामा छ। धेरै डिपी टिचरले एनईबीमा समेत पढाउने र एनईबीको टिचरले डिपीमा समेत पढाउने गरेका छन्। डिपीमा मन परेका कतिपय कुराहरू जस्तै विषयगत समूहको प्रोजेक्ट हुन्छ। प्रिमियर इन्टरनेसनल स्कुलमा बच्चाहरूलाई घोकाउने भन्दा पनि जानेको कुरालाई अप्लाई गर्न मद्दत गर्छ।

 

Logo