कान्तिपुर सिटी कलेजले राम्रो नलेजसँगै मानवता भएको विद्यार्थी उत्पादन गर्छः प्रिन्सिपल राजु कट्टेल

कान्तिपुर सिटी कलेजले राम्रो नलेजसँगै मानवता भएको विद्यार्थी उत्पादन गर्छः प्रिन्सिपल राजु कट्टेल

केन्द्रबिन्दु
0
Shares

पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेज सन् २००० मा स्थापना भएको हो। कान्तिपुर सिटी कलेजमा आइटी, इन्जिनियरिङ, व्यवस्थापन, र मास कम्युनिकेसनमा पठन पाठन हुँदै आइरहेको छ। 

कान्तिपुर कलेजले सिकाइ र अनुसन्धानको सहजपूर्ण वातावरण प्रयोग गरी विद्यार्थीहरूलाई उत्कृष्ट स्रोत र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ।  स्थापनाको छोटो समयमा नै धेरै विद्यार्थीहरुको मन जित्न सफल कान्तिपुर सिटी कलेज शिक्षाको लागि प्रख्यात कलेज हो। कान्तिपुर कलेज गुणस्तरीय शिक्षा र तालिमको केन्द्रको रूपमा उदाउँदै आएको छ। पाठ्यक्रमहरूको उद्देश्य विद्यार्थीहरूको क्षमतामा सुधार गर्नुका साथै वास्तविक जीवनका समस्याहरू समाधान गर्ने क्षमता विकास गर्नु हो। 

कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलसँग गुणस्तरीय शिक्षा, व्यवहारिक ज्ञान, पठनपाठन शैली कस्तो छ? अबको दिनमा विद्यार्थीले कस्तो शिक्षा रोज्ने भन्ने विषयमा आधारित रहेर केन्द्रबिन्दु शिक्षा संवादमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-

पछिल्लोसमय कलेजहरूमा विद्यार्थीको संख्या बढ्नु भन्दा घटिरहेको छ, यसकाे  खास कारण के जस्तो  लाग्छ ?

-एउटा कुरा त हाम्रो देशको पाेलिटिकल नै प्रमुख कारण हो। सरकारले  जुन द्रुत गतिमा अगाडि चल्नु पर्थाे त्यो भइरहेको छैन। अनि अर्काे कुरा नेपाली जनताले नेपालमा रोजगारी देखेका छैनन् । त्यही भएर आफ्नो भविष्य बनाउनका लागि विद्यार्थीको संख्या घटेर विदेशिने क्रम बढेको छ। आफ्नो करियरलाई सेक्युअर गर्न, क्वालिटी लाइफ बिताउनको लागि विद्यार्थीहरू बाहिर देशमा जान लागेको जस्तो लाग्छ। 

पढे लेखेको मान्छे भन्छौँ हामी, तर स्किललाई कम प्रायाेरिटी दिएर हिँडेका थुप्रै केसहरू पनि छन्।

विद्यार्थीहरू विदेश जाने क्रम रोक्न के गर्नुपर्ला ?

-विद्यार्थीहरू रोक्न मुख्य कुरा त सरकारको पोलिसिमा भर पर्छ, त्यो पोलिसिले सबैलाई बाँध्न सक्नुपर्छ । कलेजहरूलाई, स्कुलहरूसँगै विद्यार्थीहरूलाई पनि बाँध्न सक्यो भने विदेशिने क्रम घट्न थाल्छ। हामीले दिइरहेको शिक्षाभन्दा अर्काे देशले दिएको शिक्षा बढि राम्रो छ भनेर भन्न सकिँदैन किनभने हामी पनि त्यो अनुसारको शिक्षा दिन सक्छौँ।

विद्यार्थीहरू पढ्नको लागि विदेश जानु नराम्रो होइन तर विदेश गएर स्वदेश नफर्किनु चाहीँ नराम्रो हो। कम्तीमा बाहिर गएर उच्च शिक्षा लिएर नेपालमै केही गर्ने माहोल भइदिँदाको केसमा चाहीँ स्वभाविक रूपमा मेन्टेन हुन्छ जस्तो लाग्छ।

अहिले पछिल्लो समय शिक्षा धेरै नै चलायमान नबनेर बेतिथी आएको अवस्था देखिन्छ किन?

-बेतिथी त जसले जसरी चलिराखेको छ, त्यो त्यसरी नै चलिरहेको छ । तर एकजनाले  मात्र चाहेर त्यो चलाउन सकिने अवस्था छैन। किनभने एउटासँग नभए अर्काेमा,अर्काेमा नभए अर्काे भन्ने निकै प्रतिस्पर्धा भएर झन् राम्रो भएको छ । टेक्नोलोजीहरू संस्थाले चलाउन थालेका छन्।

विद्यार्थीहरू पढ्नको लागि विदेश जानु नराम्रो होइन तर विदेश गएर स्वदेश नफर्किनु चाहीँ नराम्रो हो।

विद्यार्थीहरूले त्यो लेभलको सर्भिस पाएको अवस्था छ। सबैथोक हुँदाहुँदै पनि सेक्युरेटी एउटा कुनै संस्था कलेजले कसैको करियर निर्माण गर्न सक्दैन । तर एउटा स्किल,नलेज डेपलभ गरेर मार्केटिङसम्म पठाउने जिम्मा लिने हो।

हामीले राम्रो क्वालिफाई मान्छे बजारमा दिँदा पनि बजारले लिन नसक्ने अवस्था छ । पढे लेखेको मान्छे भन्छौँ हामी तर स्किललाई कम प्रायाेरिटी दिएर हिँडेका थुप्रै केसहरू पनि छन्। सरकारले पोलिसिमा प्लस टुमा बिना म्याथ साइन्सबाट ग्रेजुएट भएको अवस्था छ । सजिलो बनाइदिएको छ र स्किल नपुगेको अवस्था निकै कम छ। 

पछिल्लो समय शिक्षा व्यवहारमुखी भन्दा आम्दानीमुलक बन्दै गएको हो ?
 
-अब एजुकेसन इन्स्टिच्युट भनेको विजनेस हो । तर अहिलेकाे अवस्थामा हेर्नुहुन्छ भने कुनै पनि संस्था रन हुन कुरामै अप्ठ्यारो भइरहेको छ । कसैले विजनेस गर्याे  नाफा गर्याे भन्ने पाठमा चाहीँ एक्सपेसन केस भन्दा बाहिर छैन। 

अहिले जुन एआई शिक्षा नेपालमा चलिरहेको छ, यो ट्रेन्ड चल्दा मंहगो पैसा तिर्नुपर्ने अवस्था किन भयो ?

-त्यो चाहीँ कलेज/कलेजमा भर पर्ने कुरा हो। कुन कलेजले  कसरी  लिएको  छ भन्ने हो। हुन त एउटै कोर्षमा १०औँ लाखको फरकहरू परेका छन्। अब आ-आफ्ना सेवासुविधाहरू पनि हुन सक्छन्। तर एउटा कुरा के छ भने विद्यार्थीहरूसँग अप्सन छ। महंगो कलेजमा जान्न भन्ने अप्सन छ अनि सस्तो पनि जान्न भन्ने छ। 

हामीले दिइरहेको शिक्षा भन्दा अर्काे देशले दिएको शिक्षा बढी राम्रो छ भनेर भन्न सकिँदैन किन भने हामी पनि त्यो अनुसारको शिक्षा दिन सक्छौँ।

बजारमा फरकफरक किसिमका मान्छेहरू बस्छन्, फरकफरक समुदाय छ त्यो  भएको हिसावले समुदाय अनुसारको मान्छेको क्लासअनुसार कुरा हो। यस्तै मान्छेलाई सुविधा के चाहिएको छ त्यो अनुसारको पेमेन्ट गर्ने हो। हामी १ सय ५० रूपैयाँमा कपाल काट्न पाउँछौँ भने ५ हजारमा पनि काट्न पाउँछौँ।

मान्छेले जस्तो छनौट गर्छ, त्यस्तैमा जाने हो र पढ्ने पनि त्यस्तैमा हो । सबै मंहगो मात्रै छ भने त्यो गलत हो तर बजारमा भेरिएसन छ भने त्यो भेरिएसनलाई मान्छेले अपनाउने हो । महंगोमा नजाने हो भने सस्तो पनि कलेजहरू छन्।

नेपालमा भित्रिएको एआई शिक्षामा कतिको सहजता छ ?

-बाहिरको एफलिटिज कलेज नेपालमा ल्याउने खासै औचित्य त छैन। किनभने नयाँ कोर्ष ल्याउँदाको केसमा एउटा पाटो हामीसँग त्यो कोर्श नै छैन। नेपालमा जे कोर्श छ त्यही कोर्श लिएर फरक किसिमको एजुकेसन दिने भन्ने कुरामा विश्वास लाग्दैन।

विद्यार्थीहरूसँग अप्सन छ। महंगो कलेजमा जान्नँ भन्ने अप्सन छ अनि सस्तोमा पनि जान्नँ भन्ने छ। 

किनभने टिचर पनि त्यहीँ नै हुन्छ, त्यहीँबाट ग्रेजुएट भएका विद्यार्थीहरू पनि मार्केटमादेखी सकिएका छन्। तर बाहिरको डिग्री लिँदा चाहीँ बढि नलेज हुने, स्किल हुने भन्ने कुरामा म विश्वसत छैन।

कान्तिपुर सिटी कलेज कस्तो कलेज हो?

-हामी ३ वर्षदेखि निरन्तर शिक्षामै छौँ, कान्तिपुर सिटी कलेजको उद्देश्य भनेको एउटा राम्रो नलेज भएको विद्यार्थीसँगै राम्रो मानवता भएको विद्यार्थी उत्पादन गर्नु मुख्य  उद्देश्य हो।

सरकारले पोलिसिमा प्लस टुमा बिना म्याथ साइन्सबाट ग्रेजुएट भएको अवस्था छ। सजिलो बनाइदिएको छ र स्किल नपुगेको अवस्था निकै कम छ। 

हामीले उत्पादन गरेको ग्रेजुयसनले उसले इथिकल्ली समाजमा काम गरोस्, डाक्टर उत्पादन गरेर किड्नी बेच्छ भने त्यो उत्पादन गरेर के काम ? तर इथिकल्ली व्यक्ति उत्पादन गरोस्, स्किल नलेज भन्ने कुरा सिक्दै जाने कुरा हो। कलेज युनिभर्सिटीले पूरै रूपमा उत्पादन गर्न सक्दैन, र एउटा नियम मात्र दिने हो। हामी खासगरी सिभिल इन्जिनियरिङ,कम्प्युटर इन्जिनियरिङ, बिसीए, बिआटी बिबीए छन्।

 

Logo