अर्थतन्त्र सुधारमा सरकारले लिएको नीति प्रभावकारी हुन सकेनः डा. चन्द्रमणि अधिकारी, अर्थविद्

अर्थतन्त्र सुधारमा सरकारले लिएको नीति प्रभावकारी हुन सकेनः डा. चन्द्रमणि अधिकारी, अर्थविद्

केन्द्रबिन्दु
42
Shares

चार वर्षअगाडिको कोरोना महामारीसँगै सुरु भएको नेपाली अर्थतन्त्रमाथिको दबाब अहिलेसम्म पनि पूर्ण रुपमा हटेको देखिँदैन । यसबीचमा चाडपर्वमा अतिरिक्त मागका कारण अर्थतन्त्र लयमा फर्किन खोेजेपनि यसले दीर्घकालीन रुप भने लिन सकेको छैन । पछिल्लोसमय अर्थतन्त्रका बाह्य पक्षमा केही सुधारका संकेत देखिएपनि यसले अर्थतन्त्र संकटमुक्त भएको संकेत गर्न सकिँदैन । आन्तरिक अर्थतन्त्रमा आर्थिक गतिविधिमा झन्–झन् गहिरिँदो सुस्तता, निजी तथा सरकारी क्षेत्रको लगानी बढ्न नसक्नु, उत्पादन तथा कारोबारमा मन्दीको प्रभाव, आन्तरिक अर्थतन्त्रका सूचकहरुसँगै बैंक तथा वित्तीय संस्थाहरुको समस्याले अर्थतन्त्रलाई गाँजेको देखिन्छ ।

महिनौं यता राजस्व संकलनको निराशाजनक तथ्यांक, निजी क्षेत्रमा जाने बैंक कर्जाको बृद्धिदर, सरकारले परिचालन गर्ने राजश्वको स्थिति, पुजीँगत खर्च लद्युवित, सहकारीको समस्या, दातृ निकाय, वैदेशिक सहयोगमा आएको कमी, बजारमा खरीद बिक्रीमा देखिएको ह्रास लगायतका कारण अर्थतन्त्र सकारात्मक देखिँदैन। देशमा शुसासनको स्तर खस्किएकाले, स्रोतको सही सदुपयोग नहुनु अहिले अर्थतन्त्रमा देखिएका मुख्य चुनौती हुन् । वर्तमान अर्थतन्त्रमा देखिएका चुनौती, अर्थतन्त्र सुधार गर्न सरकार किन चुकेको छ ? अर्थतन्त्रमा देखिएका सकारात्मक पक्ष लगायत समग्र देशको अर्थतन्त्रको विषयमा अर्थविद् डा.चन्द्रमणि अधिकारीसँग संक्षिप्त कुराकानी गरेका छौैँ । प्रस्तुत छन्, उक्त कुराकानीको सम्पादित अंश-

देशको अर्थतन्त्रमा अहिले देखिएको मुख्य चुनौतीहरु के-के हुन् ?
-वर्तमान परिप्रेक्ष्यमा देशको अर्थतन्त्र धेरै समस्याहरुबाट ग्रुजिरहेको छ । जसमध्येका मुख्य समस्याहरुमा, नीजि तथा सरकारी दुवै पक्षको लगानीमा कमी आउनु । जसले रोजगारी ,उत्पादनको क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको छ । तीनै तहका सरकारको चालु खर्च/व्यवस्थापन खर्चमा भएको अत्याधिक बृद्धि, बजेटको झण्डै ८० प्रतिशत खर्च हुनु। 

सरकारले अर्थतन्त्रको सुधारमा कदम चाल्न खोजेको जस्तो देखिन्छ । तर चालेका कदमहरु तर्कयुक्त र प्रभावकारी छैनन् । सरकारले

अर्थतन्त्र खस्किनुको अर्काे समस्या भनेको सुशासनमा देखिएको समस्या पनि हो। सुशासनको स्थिति खस्किएकाले, स्रोतको सदुपयोग नहुँदा, प्रभाकारीता, दक्षता घट्दै गएको देखिन्छ । अध्ययन र स्वरोजगारलागि विदेसिने क्रम बढ्दो पनि अर्थतन्त्रको अर्काे समस्या हो । विशेषगरी राजश्व संकलन आएको कमी,उत्पादनमा बृद्धि नहुनु, मूल्यबृद्धिले आर्थिक बृद्धिलाई उछिन्नु, सरकारको ऋण बढ्नु, पुजीँगत खर्च लद्युवित, सहकारीको समस्या लगायत विविध कारणले देशको अर्थतन्त्रको आन्तरिक पक्ष कमजोर देखिएको छ ।

लामो समयदेखि खस्किएकोे अर्थतन्त्र सुधारमा सरकार चुकेको हो ?
-सरकारले अर्थतन्त्रको सुधारमा कदम चाल्न खोजेको जस्तो देखिन्छ । तर चालेका कदमहरु तर्कयुक्त र प्रभावकारी छैनन् । सरकारले केही नीतिगत, संरचनागत कदम चालेपनि, कार्यान्वयन पक्ष फितलो देखिएका छन् । मितव्ययिता अपनाउँदै खर्च कम गर्ने भनिएपनि, व्यवहारिक रुपमा लागू भएको देखिँदैन । वैदेशिक खर्च घटाउन नसक्नु, बजेटको प्रभावकारी कार्यान्वयन नहुनु, स्थानीय तहमा बढेको बेरुजु खर्च र भष्ट्रचार नियन्त्रणमा ल्याउन नसक्नु लगायत विविध कमजोरीहरुले सरकार अर्थतन्त्र सुधारमा चुकेको देखिन्छ ।

अर्थतन्त्रमा दीर्घकालीन सुधार ल्याउन उत्पादन, लगानी, खर्चमा मीतव्ययिता लगायतका पक्षमा विशेष ध्यान दिन आवश्यक छ ।

हाल अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारले के गर्नुपर्ला ?
-सरकारले सबैभन्दा पहिला त, देशमा सुशासन कायम गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ । सुशासन कायममा ध्यान दिन सक्यो, भने अर्थतन्त्रका धेरै सूचकहरुमा सकारात्मक परिवर्तन आउँछ । सबै पक्षले जिम्मेवारी बोध गर्दै आफ्ना जिम्मेवारीहरु समयमै पूरा गर्नु पनि अर्थतन्त्रलाई सही दिशा निर्देशन गर्ने कडी बन्न सक्छ । साथै सरकारले पुँजीगत खर्च बढाउने, निजि क्षेत्रलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने, बैंक तथा वित्तिय संस्था र कर्जा लिने व्यवसायी/व्यक्तिहरु बीचमा देखिएको समस्याको समाधान गर्दै, एक–अर्काप्रति विश्वास दिलाउने लगायतका पक्षमापनि ध्यान दिन आवश्यक छ। जलस्रोत लगायत सम्भावित अन्य क्षेत्रको उपयोगमा पनि  सरकारले प्राथकिता दिनुपर्ने देखिन्छ । सरकारले मुख्य प्राथमिकतामा भने निजि क्षेत्रको समस्या समाधानलाई राख्नु अहिलेको आवश्यकता हो । 

पछिल्लोसमय अर्थतन्त्रका बाह्य पक्षमा केही सुधारका संकेत देखिएपनि यसले अर्थतन्त्र संकटमुक्त भएको संकेत गर्न सकिँदैन ।

अर्थतन्त्रमा देखिएका सकारात्मक सूचकहरु के–के हुन् ?
-अहिलेको परिस्थितमा अर्थतन्त्रमा आन्तरिक पक्षभन्दा बाह्रय पक्ष बलियो देखिन्छ । विदेशी मुद्राको सञ्चितिमा आएको बृद्धि, शोधान्तर बचत, चालु खाता बचतमा आउनु लगायत  अर्थतन्त्रका बाह्रय सूचकमा केही सकारात्मक पक्ष देखिएका छन् । साथै पछिल्लो समय पर्यटक आवागमनमा आएको बृद्धि, र रेमिट्यान्सलाई पनि अर्थतन्त्र सुधारमा सहयोग पुग्ने मुख्य पाटोको रुपमा लिन सकिन्छ । तर यी अर्थतन्त्रका दीर्घकालीन सूचक भने होइनन् । यी सूचकहरु सधै सकारात्मक रहन्छन् र  यसरीनै बढिरहन्छन् भन्ने आधार पनि छैन । अर्थतन्त्रमा दीर्घकालीन सुधार ल्याउन उत्पादन, लगानी, खर्चमा मीतव्ययिता लगायतका पक्षमा विशेष ध्यान दिन आवश्यक छ ।

Logo