डाक्टरले जानीजानी बिरामीको उपचारमा लापरवाही गर्नै सक्दैन, उसैलाई ४ गुणा बढी हानी हुन्छः डा. सुवास प्याकुरेल [भिडियाे]

डाक्टरले जानीजानी बिरामीको उपचारमा लापरवाही गर्नै सक्दैन, उसैलाई ४ गुणा बढी हानी हुन्छः डा. सुवास प्याकुरेल [भिडियाे]

केन्द्रबिन्दु
238
Shares

सूचना प्रविधिको माध्यमबाट आज विश्वमा टाढा–टाढा छरिएर रहेका राज्यहरू पनि नजिक हुन पुगेका छन् । कसैको बारेमा रिसर्च गर्नुपर्दा एक क्लिकमा उसको जीवनभरका विवरण उपलब्ध हुन्छन् । यसको दायरा जुनसुकै क्षेत्रमा दिनप्रतिदिन फराकिलो बन्दै गएको छ । यसको उदाहरण हो, स्वास्थ्य क्षेत्र । मानिसको ज्यानसँग जोडिने भएकाले एकदमै संवेदनशिल मानिने स्वास्थ्य क्षेत्रलाई सूचना प्रविधिले सहज बनाइदिएको छ । चिकित्सक र विरामीको सम्बन्ध एकदमै सुमधुर हुनुपर्छ । त्यसकाे प्रयासस्वरुप अस्पतालमा भर्ना भएका बिरामीको तथ्यांक संकलनका लागि हालै नेपालमा पनि ‘मेरो उपचार डटकम’ लन्च भएको छ । यसको विशेषता के-के हुन् र यसमा कसरी जाेडिने ? लगायत समसामयिक स्वास्थ्यसम्बन्त्री विषयमा हामीले केन्द्रबिन्दु संवादमा हेल्थ कन्सर्न नेपालका संस्थापक एवं वरिष्ठ चिकित्सक डा. सुवास प्याकुरेलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश- 

मेरो उपचार डटकम भनेको के हो ?

-यो  कस्तो हो भन्दा जस्तै बैंकसँग तुलना गरौँ, बैंकमा अहिले  हामी क्युआरबाटै पैसा तिर्न सक्छौँ, धेरै बैंकको पैसा एउटै एटिएमबाट निकाल्न पनि सक्छौँ। त्यो कसरी सम्भव भयो भन्दा पब्लिक जोडिए । हेल्थ सेक्टरको इको सिस्टम झन् ठूलो छ । यसका सरोकारवाला धेरै छन् तर बिरामीले त मेरो सरोकारवाला यस्तो छ भनेर बुझ्नु त हुन्न। उहाँहरूलाई त सर्भिस चाहिन्छ। हेल्थ भनेको साइन्सलाई सर्भिस सर्भिसलाई सिस्टम बनिनु पर्ने सेक्टर हो। सबैलाई  छुने सेक्टर हो। 

भनेपछि यो मेरो उपचार भनेको क्लाउट बेस्डबाट सबैलाई जोड्ने प्रकृतिको ईलेक्ट्रोनिक सफ्टवेयर हो । जसमा डाक्टरहरू, रिसर्चरहरूले बिरामीको डेटा राख्नुहुन्छ, उसै पनि मेडिकल काउन्सिल हामी डाक्टरहरूको नियामक निकाय भन्दछ की पाँच वर्ष हामीले बिरामीको डेटा सुरक्षित राख्नुपर्छ। अहिलेको अवस्थामा डेटा सुरक्षित राख्न ईलेक्ट्रोनिकल्ली रूपमा मात्र सम्भव छ। त्यसैले  मेरो उपचार डटकम अहिले चाँही डाक्टर लगायत प्राटिक्सनलहरूले बिरामीको रेकर्ड राख्न उहाँहरूको विरामीको र म्यानेजमेन्टको  फ्लु हुन्छ नि आएदेखि जाँदासम्मको फलोअपसम्म । त्यो हामी सबैलाई थाहा भएको कुरा व्यवस्थित गर्न र त्यसबाट आएको डेटाहरूलाई एउटा रिसर्चको रूपमा रूपान्तरण गरेर एउटा इभिनेन्स सेन्ड्रोइ गर्ने, तथ्यांक लिने त्यो किसिमको लागी प्रयोग हुन्छ र पछि गएर बिमा,सरकारका निकायहरू,जो पनि जोड्न सक्छ र बिरामीहरू जोडिएर बस्न सक्नुहुन्छ।

आजभाेली अन्य कुनै अस्पतालमा यदि रेर्कड हेर्न खाेजे पनि भेटिँदैन, यस्तो के चाहना नभएका कारण हराउन लागेका हुन् ?

-चाहना नहुने भन्ने हुँदैन। तर स्वास्थ्य क्षेत्र चाँही एकदम छिटो-छिटो काम गरिनुपर्ने क्षेत्र हो। यसमा एकातिर व्यवस्थापन गर्ने की बिरामी हेर्ने  या रेकर्ड राख्ने भन्ने प्रश्न पनि आउन सक्छ ।  तर त्यसलाई समानान्तर भएर लैजान सकिन्छ । जस्तै, अरू क्षेत्रमा पनि प्लेन उडेको सबै रेकर्ड रहन्छ, अरू के–के भयो इन्ड्रस्टीमा कति प्रोडक्सन भयो  यो सबै रेकर्डहरू समानान्तर हिसाबले राखिन्छ।

मेरो उपचार भनेको क्लाउट बेस्डबाट सबैलाई जोड्ने प्रकृतिको ईलेक्ट्रोनिक सफ्टवेयर हो।

समानान्तर रूपमा राख्नको लागी हामीसँगको त्यस्तो विधि नभएर पनि गाह्रो भएको हो की जस्तो लाग्छ। तर अहिले सूचना प्रविधिको जमनामा त्यसलाई भरपुर प्रयोग गर्दा अब रेकर्ड राख्न सम्भव छ । त्यो नभएर पनि इच्छाशक्ति नदेखाएर पनि, अर्काे नियामक निकाय मेडिकल वा स्वास्थ्य तथा मन्त्रालयबाट यो राख्नैपर्छ भनेर अनिवार्यता नदेखाएर पनि रेकर्डहरू राखिने काम भएनन्। 

मेरो उपचार  डटकमका फाइदा के–के छन्?

-कस्तो कोणबाट हेरेर फाइदाको कुरा गर्ने भन्ने हुन्छ । सर्वप्रथम त बिरामीको लागी, अब मलाई एक जानकारी हुन सक्दा मेरो पहिलाको रेकर्ड सुरक्षित राख्न खोज्दा मैले आफ्नो इच्छामा त्यसलाई जता पनि प्रस्तुत गर्न सक्छु। क्यूआरबाट नै मेरो रेकर्ड चाहेको बेला नै त्यो लिंक म दिन सक्छु।  त्यसो गर्दा समय पनि बचत हुन्छ उता डाक्टर पनि जानकार  भएर बस्न सक्नुहुन्छ।बचेकाे समय अब उपचार दिने समयतर्फ ढाल्न सकिन्छ । छरितो किसिमले सेवा प्रदान गर्न सकिने पनि यसको विशेषता हो। एउटा डाक्टरले आफ्नो पेशागत जिवनसम्म चाँही एउटा किताब निकालिसक्नु पर्ने हो। तर हामी विदेशी किताब पढिरहेका छौँ, हामीले यताको बिरामीको तथ्यांक र  उपयोगितामा बदल्न सकेका छैनौँ। 

धेरै बिरामीहरूले आर्थिक अवस्था कमजोर भएका कारण उपचारको पैसा दिन नसकेर अस्पतालमै बसिरहेको अवस्था पनि छ, यसलाई कसरी हेर्नु भएको छ ?

-स्वास्थ्य भनेको एउटा समग्रतामा बन्नु पर्ने एउटा प्रणाली हो। विचित्र एउटा के विशेषता छ भने यसले सबैलाई छुन्छ। जन्मिनु अगाडिदेखि छुन्छ र अन्तिम श्वाससम्म छुन्छ। यसले  धनी गरिब भन्दैन, जात, गोरो-कालो वर्ण केही पनि भन्दैन । सबैलाई छुन्छ। त्यसको प्रत्याभूत चाँही गर्ने भनेको हाम्रो संविधानले हो। तर यसलाई प्रणालीमा नबल्दासम्म चाँही यो ठुलो क्षेत्र भएकाले यसको समन्वयकारी कदम उठाउन सक्दा मात्र छरितो हुन्छ । एउटा म्युजिकमा डिफरेन्ट इन्सुरेमेन्टहरू समन्वयमा बज्दा म्युजिक निस्किन्छ। त्यो नहुँदा म्युजिकमा न्वाइजहरू आउँछन्, त्यही भएर स्वास्थ्य सेवामा यस्तै प्रणालीको कमी रहेको छ।

स्वास्थ्य क्षेत्र बिमा र बिमितको बीचमा परेको छ। त्यहाँ त झनै समन्वयको खाँचो पर्दछ।

हामीले डाक्टर  थुप्रै बनायौँ, अस्पताल बनायौँ, त्यस्तै  अन्य  जनशक्ति  पनि  जोड्दै गइरहेका छौँ, तर  अब राज्यले  यसलाई  प्रणालीको रूपमा विकास गर्न एउटा मोडल  बनाउनको लागि र कोही पनि सेवाबाट बञ्चित नहुनको लागी त्यसमा बिमा लगाउनुपर्ला, यसमा रोजगारदाताले केही जोडेर केही दिनुपर्ला, यति अस्पतालमा फ्रि सेवा हुन्छ भनेर तोक्नुपर्ला त्यसलाई एउटा प्रणालीमा बदल्न जरूरी छ । क्रमशः अब यस्तै प्रणाली बसाल्ने हो।  

स्वास्थ्य क्षेत्रमा बिमाले धेरै नै फाइदा पुर्याएको छ।  तर कतिपय अस्पतालमा बिमा गरेबापतको सेवासुबिधा नपाएको  गुनासो छ नी ? 

-स्वास्थ्य बिमा भनेको पनि एक किसिमले यो जर्मनीबाट सुरू भएको हो। बिमा भनेको कन्सेप्ट नै नपरेको धेरै जनाबाट थारै थोरै  उठाएर परेको रिस्क कभर गर्ने जोखिमलाई न्युनिकरण  गरिदिने एउटा  सोच हो। अरू बिमामा भन्दा स्वास्थ्य बिमामा फरक कता छ भन्दा स्वास्थ्य क्षेत्र बिमा र बिमितको बीचमा परेको छ। त्यहाँ त झनै समन्वयको खाँचो पर्ने हुन्छ।

अब अरू देशमा चाँही समन्वयकारी संयन्त्र बनाएको हुन्छ । तर हाम्रोमा त्यसको अभाव छ । नत्र यो आफैंमा निरन्तर सुधार र संसोधनको खाँचो त जर्मनीले पनि सिकिरहेको छ, भारत पनि सिकिराखेको छ त्यस्तै अरू मुलुक पनि सिकिराखेका छन्। हामीले लर्निङ त गर्नुपर्छ, तर मुख्य कुरा चाँही अस्पताल र सेवा प्रदायकहरूले सेवा कस्तो दिएका छन् ? सेवा दिए बापतकै बिल उठान भएको हो की होइन ? त्यो दावी भएको साच्चै हो की होइन भनेर चेक गर्ने प्रणाली र छिटो छिटो दावी भुक्तानी गर्ने प्रणाली सबैभन्दा छिटो केन्द्रमा पर्छ। र बिमा त्यही केन्द्रबिन्दुमा पर्छ । अब त्यसलाई हामीले मिलाउनुपर्ने हुन्छ । क्रमश त्यो मिल्दै गइरहेको जस्तो छ।

सरकारले पनि स्वास्थ्य क्षेत्रमा अर्बाैं पैसा छुट्टयाएको हुन्छ तर पनि धेरै नै समस्या देखिरहेका हुन्छन्, यसलाई समाधान गर्न के गर्नुपर्ला ?

-स्वास्थ्य क्षेत्रको बुझाइको कुरा एउटा मन्त्रालयसँग मात्र जोडिएको हुँदैन । सबैसँग जोडिन्छ जस्तैः शिक्षा, खानेपानीसँग जोडिन्छ, वायु, वन सबैसँग जोडिएको हुन्छ। बालबालिका, समाज कल्याण सबैसँग स्वास्थ्य क्षेत्र जाडिएको पाइन्छ, त्यसैले यसलाई हामी भन्छौँ- वियोन्ड हेल्थ भनेर। यो आफैंमा सानो संकुचित होइन यो एउटा मात्र मन्त्रालयले निर्धारित गर्ने विषय होइन भन्ने बुझ्न जरूरी छ।  

पहिलाे, बजेट भनेको स्वास्थ्य मन्त्रालयले आफ्ना कार्यक्रम र  आफूअन्तर्गत रहेका अस्पतालाई ल्याएको बजेट मात्र स्वास्थ्यको बजेट होइन। जिडीपी हेर्ने हो भने सबै जोड्दा एउटा सरदर कुनै ठ्याक्कै आँकडा त भन्न सकिँदैन तर २ देखि ३ खरबको आकारको हेल्थको इकाेनाेमी हुन आउँछ। 

दोस्रो यसमा नियामक निकाय अरू देशमा पनि धेरै नै हुन्छन्। तर हाम्रो देशमा चाहिने भन्दा बढी नै नियामक निकाय भएकाले उनीहरूबीच समन्वय भएन । जसरी क्रिकेटमा  एकजना  क्याच लिन जाँदा क्याच हुने सम्भावना बढि हुन्छ,दुई,तिन जना जाँदा क्याच हुने सम्भाना निकै कम हुन्छ।  त्यस्तै यसमा डाक्टरको लागी छुट्टै नियामक निकाय,नर्सको लागी छुट्टै, आयुर्वेदको लागी छुट्टै,फार्मेसीको लागी छुट्टै हुँदा यिनिहरूबीच समन्वय छैन। अब त्यो भन्दा बढि अस्पतालहरूलाई नियमन गरेर तिमी कम्तिमा भन्ने होइन, बढिमा कतिसम्म जान सक्छौँ सेवास्तरमा भन्नुपर्याे। अब बेसीक एउटामा सरकारले कडिकडाउ नै गर्नुपर्छ।

क्यान्सर शुल्क पनि उसले ३ सय लिन पायाे, उसले २७० लिन पायाे, उसकाे लगानी कम छ नि चाहे जसकाे हाेस् राज्य वा निजिक्षेत्रकाे हाेस्। अहिले हामीले देखेकाे बजेट भन्दा नि यसमा समन्वयकाे कमी देखिएकाे छ। नीति बनाउने बेलामा एउटा फर्मेक्टिभ ग्याप कसरी प्राेसेस गर्याैँ, तल बटन टप गर्याैँ की टप डाउन गरेर याे लाै भनेर दियाैँ की यस्ताे चाहिन्छ भनेर तलदेखि आयाैँ भन्ने खालकाे हुन्छ ।

अन्तिम एउटा भनेकाे अब तीन तहकाे सरकारबीच पहिला चाँही एकदम मजाकाे धागाे थियाे भने अब कतै चुँडिएकाे हाेकी ? याे भन्दा नि स्वास्थ्य क्षेत्रमा त झनै चुँडिएकाे छ। अब यसलाई पनि मिलाउनुपर्नेछ।  तर, नेपालकाे स्वास्थ्य क्षेत्रमा साेचेकाे जति आशा त्यती हुँदैन तर निराशावादी कुरा पनि नगरम्।

पछिल्लाेसमय बिरामीले चिकित्सकलाई नै कुट्ने र विवाद सिर्जना हुने घटनालाई कसरी नियाल्नु भएकाे छ ?

– अब यसकाे दुई,तिन पाटा छन्। एउटा त याे समाजकाे अहिलेकाे स्टाटस् नै निराशावादी, मैले जे गरेपनि हुन्छ भन्ने खालकाे माथिदेखि एउटा साेचाइकाे विकास भएकाे अवस्था छ । हामीमा एउटा गहनता,गम्भिरता,ज्ञान हुन्छ । तर, याे खालकाे नभएर । अर्काे चाँही अलि पाेल्टिकलि पनि सबैसँग सम्बन्ध छ भनेर त्यसलाई अर्काे रूपमा दुरूपयाेग गर्ने समाजकाे प्रवृति एकातिर छ।

अर्काेतिर भनेकाे याे स्वास्थ्य सेक्टरबाट पनि बिरामीले खाेजेकाे जस्ताे, उहाँहरूले चाहेकाे जस्ताे उहाँहरूले बढी काउन्सिलिङ चाहनुहुन्छ,उहाँहरूलाई पर्याे भने आफ्नाे अरू विभागलाई बाेलाएर छलफल गरिदिने,अरू अस्पताल बाेलाएर छलफल गरिदिने, त्यस्ताे चाहनुहुन्छ।  

अनि मैले कति तिर्नुपर्ने,त्यसकाे सु-सुचित हुन चाहनुहुन्छ, एउटा त्याे पाटाे पनि संगसँगै सम्बाेधन हुनुपर्छ। प्यासेन्ट सेप्टिसँगै बल्ल हेल्थ क्रयाप्सनकाे सेप्टि कन्केशनमा हुन्छ, दुईटैले दुईटैलाई मद्दत गर्छ ।  

तेस्राे कुरा हातपात नै गर्दा त कानून कडा चाहिन्छ। किन भन्दा हेल्थ सेक्टर भनेकाे २४ सेवेनकाे सर्भिस हाे। उसलाई दशैंकाे टिकाकाे समय भन्ने हुँदैन,भाइटिका भन्ने हुँदैन, याे त्याे भन्ने हुँदैन,कहिलेकाँही बिदा लिएर आफ्नाे कन्फ्रेन्समा जाँदा मात्रै घुम्न पाउने हुन्छ। बिहान ४ बजे उठेर भेट्नुपर्छ कहिले रातीकाे ११ बजे घर आइन्छ त्यस्ताे खालकाे क्षेत्र भएकाे हुनाले प्राेटेक्सन त राज्यले गर्नुपर्छ। काेही डाक्टरले पनि एउटा कुरा ढुक्क के हाे भने काेही डाक्टरले पनि जानेर बिरामीलाई लापरवाही गर्न सक्दैन किनभने हानि अहिलेलाई त्याे बिरामीलाई हुन्छ तर पछि त्याे भन्दा चार गुणा बढी  पेसागत रूपमा हानि डाक्टरलाई नै हुन्छ।

त्यसकारण कानूनमा पनि धराैटी नलिने खालकाे व्यवस्था छ त्यसलाई अलि कडा गरेर लगाउनुपर्ने हुन्छ। अर्काे कुरा त याे सबै कुरा रेकर्ड सिस्टमबाट र बिमाले कभर गर्याे भने त्यसले चाँही भेन्टिलेसनकाे काम गर्छ। कहिले उकुसमुकुस भएकाे बेलामा धेरै कुराले झिँजाे भएकाे बेलामा जसरी प्रेसरकुकरकाे सिट्टि नलाग्दा भल्भतिर जान्छ भनेकाे जस्तै भएकाे पनि हुन सक्छ।

स्वास्थ्य क्षेत्रमा मुख्य मुख्य ग्यापहरू यी हुन् भनेर केहि देख्नु भएकाे छ?

-आधारभूत स्वास्थ्य सेवालाई बिमातिर ल्याएर जाेड्नु हुँदैन। पहिला आधारभूत स्वास्थ्य सेवाले एउटा निश्चित सरकारले ताेकेकाे छ, त्यसलाई कभर गर्नैपर्छ। संविधानले नै बाध्यकारी बनाएकाे छ। त्याे भन्दा अलिकति माथि सरकारले सामाजिक प्रकृतिकाे बिमा ल्याएर कभर गर्नुपर्ने हुन्छ, त्याे भन्दा अझै माथि नीजि क्षेत्रलाई पनि छाेड्नुपर्ने हुन सक्छ यही नै एउटा ग्याप छ।

तर हाम्रो देशमा चाहिने भन्दा बढी नै नियामक निकाय भएकाले उनीहरूबीच समन्वय भएन ।

अर्काे, स्थानीय सरकारलाई एकदमै सबल बनाउनुपर्छ तर त्यसमा ज्ञान,सिप हालेर सबल बनाउनुपर्छ। स्वास्थ्य एकदमै प्राविधिक क्षेत्र हाे। त्यसकारण याे तीनवटा सरकारबीचकाे समन्वय गर्ने ढाँचा, संयन्त्र वा जिम्मेवारी र अधिकार पट्टिकाे बाँडफाँट पट्टिकाे कुरालाई पनि एकचाेटी पुर्नविचार गर्नुपर्छ याे एउटा म्याजर ग्याप नै हाे।

अर्काे भनेकाे अनुगमन, नियमन, गुणस्तरकाे सवालमा चाँही कतिपय क्षेत्र हुन्छ जसमा निर्मम हुनुपर्ने हुन्छ, भन्दा अलिकति कडा सुनिन सक्छ जस्तैः एयरलाइन्स्मा एउटा पंखा नचल्दा के नै हुन्छ र उडाइदिउँ न नेपालगञ्ज त पुगिहालिन्छ भन्न सकिन्छ ? त्याे भन्नै सकिन्न त्यसमा क्रसचेक छ गुणस्तर छ त्यसमा तर याे क्षेत्रमा गुणस्तरकाे हिसावले हामी पछाडि छाैँ। 

अन्त्यमा, मेराे उपचार डटकममा कसरी जाेडिन सकिन्छ ?

सर्वप्रथम डाक्टर र बिरामी जाँच्नेले चलाउनुहुन्छ  । यसमा पव्लिक पनि जाेडिन सक्छन् तर अलिकति पछि  । यद्दपि यसकाे माेवाइल एप्लिकेसन भएर जाे -जाे डाक्टरले बिरामीलाई ल यसरी हेर भन्नुहुन्छ त्यसमा जाेडिन सक्नुहुन्छ। तर सबै पव्लिक जाेडिन सक्नुहुन्न।  

Logo