नख्खु खोलाको भेलमा चणिकलालले साह परिवारलाई यसरी दिएका थिए जीवनदान [भिडियोसहित]

नख्खु खोलाको भेलमा चणिकलालले साह परिवारलाई यसरी दिएका थिए जीवनदान [भिडियोसहित]

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । असोज १२ गते देशभरीका विभिन्न स्थानमा आएको बाढीपहिराले निकै जनधनको क्षति गर्‍यो । बाढी पूर्वानुमान महाशाखाले रेड अर्लट जारी गर्दा पनि सरकार प्रभावित जनताको उद्धारमा चुक्यो । तर, चणिकलाल तामाङ चुकेनन् ।

ललितपुर महानगरपालिका–२५ सुगम बस्ती टोल नजिकै नख्खु खोला किनारमा एउटा टहरोको छतमा चढेर रौतहट घर भई सुगम बस्ती टोल बस्दै आएका ४३ वर्षीय राजु साह, उनकी छोरी ६ वर्षीया मेघना साह, राजुका भाइ २२ वर्षीय राज साह, राजकै छोरी करिब ४ वर्षीया शेर्तु साह आफ्नो ज्यान जोगाउन हारगुहार गर्दै थिए । वारिपारि स्थानीयहरू थुप्रिएका थिए ।

तर कतैबाट सहायता प्राप्त भएन, त्यति नै बेला बाढीले टहरो भत्काएपछि चारै जना नख्खुमा बग्न थाले । तर त्यही बेला फुत्त नख्खु खोलामा हाम फाले काभ्रेका चणिकलालले । टहराको छानाबाट बगेका ती चार जना करिब ३ सय मिटर बगिसकेका थिए । चणिकलाल एक्लैले दुई जनालाई सकुशल उद्धार गर्न सफल भए । जसको चौतफी प्रशंसा भइरहेको छ । उनै व्यक्तिसँग त्यसदिनको घटना क्रमका बारेमा केन्द्रबिन्दुले कुराकानी गरेको छ ।

Logo