दुई वर्षभित्र सबै नेपालीले बिजुली पाउँछन्: कुलमान घिसिङ (भिडियोसहित)

दुई वर्षभित्र सबै नेपालीले बिजुली पाउँछन्: कुलमान घिसिङ (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

सरकारले कुलमान घिसिङलाई दोस्रोपटक चार वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। उनले बुधबारै पदबहाली गरिसकेका छन्।

पहिलो कार्यकालमा उत्कृष्ट व्यवस्थापन गरी मुलुकलाई लोडसेडिङमुक्त बनाउन भूमिका निर्वाह गरेका उनी जनमानसबीच अति लोकप्रिय छन्। घिसिङले पदबहालीसँगै ठूलो चुनौती स्वीकार गरेर आएको बताइसकेका छन्।

उनै घिसिङसँग प्राधिकरण सुधारका योजना, चुनौतीलगायत विषयमा केन्द्रबिन्दुका लागि अनिस मिजारले गरेको कुराकानीको सम्पादित अंशः

दोस्रो पटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कार्यभार सम्हाल्नुभएको छ। पहिलो कार्यकालमा १८ घन्टाको लोडसेडिङको अन्त्य, घाटामा रहेको प्राधिकरण नाफामा लैजाने काम  र विद्युत चुहावटलाई नियन्त्रण गर्नुभएको थियो। पुनः दोस्रो कार्यकालका लागि प्राधिकरणको जिम्मेवारी पाउनु भएको छ, अब तपाईंले प्राथमिकता केके बनाउनुभएको छ?

मेरो दोस्रो कार्यकाल चुनौतीपूर्ण रहेको छ। मैले पहिलो चारवर्षे र्कायकालमा गरेका कामलाई पूर्णता दिनुपर्नेछ। जुन पहिलो कार्यकालमा विद्युत चुहावट अनि लोडसेडिङको देशैभर अन्त्य भएको थियो। पछिल्लो ४ वर्षमा हामीले ८० प्रतिशत बढी जनतामा विद्युत पहुँच पुर्याएका छौं। त्यसैगरी नै सम्पूर्ण नेपाली जनताको पहुँचमा पुग्ने गरी विद्युत विद्युतको विस्तार गर्नुपर्ने छ। अब देशैभरि हरेक नागरिकलाई  विद्युतको पहुँच पुर्याउने योजना रहेको छ। 

नेपालमा  छोटो समयमा नै ८० प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको छ। पहिलो कार्यकालमा २४ सै घन्टा लोडसेडिङ हुने स्थानमा पनि अहिले लोडसेडिङ अन्त्य  भएको अवस्था रहेको छ। पछिल्लो अवधिमा धेरै योजनाहरु सम्पन्न भएका छन्। अहिले सम्पन्न हुने अवस्थामा पनि रहेका छन्। 

अब हामीले नेपालमा ठूला आयोजनाहरुमा ‘नेपालको पानी, जनताको लगानी’ नारासाथ आमनेपाली जनताको लगानी गरेर जानुपर्छ।  पहिलो कार्यकालमा यस्ता आयोजनाहरु अध्ययनकै क्रममा रहेका थिए। जलविद्युतमा अब लगानी बढाएर लगानी मैत्री बातावरण बनाउन जुरुरी छ। त्यहीअनुसार ठूला आयोजनाहरुमा नेपाली जनताको लगानीमा निर्माण गर्ने गरी अघि बढाउनेतर्फ ध्यानकेन्द्रित हुनु पर्छ ।

प्राधिकरण तथा उत्पादन कम्पनीहरुसँग गरी अहिले पनि ४ हजारदेखि ५ हजार मेगावटसम्म विद्युत उत्पादन गर्नसक्ने अवस्थामा पुगेको छ।

अहिले उत्पादन भएको विद्युतलाई अन्तरदेशीय बजारमा कसरी जाने तथा विद्युत खपतको बजार सुनिश्चिता कसरी गर्ने भन्ने काम ठूलो रहेको छ। त्यस्तै, आन्तरिक खपतलाई कसरी बढाउने, विद्युतीय गाडी तथा इनडक्सन चुलोको प्रचारलगायत अन्य तमाम कुरा यो कार्यकालमा पूरा गर्नुपर्ने प्राथमिकता रहेको छ।

त्यसैले, अन्य प्राथमिकतामा ऊर्जामा सरल–सहज पहुँच र प्राधिकरणले दिने सेवामा चुस्तता दिइने छ।  अब हामी विद्युत प्राधिकरणका सेवा चुस्त–दुरुस्त र उपभोक्तामैत्री बनाउन केन्द्रित हुनेछौं। प्राधिकरणभित्रको सुशासन र धेरै ठाउँमा अनियमितता भएका गुनासा छन्। ती विषयलाई पनि महत्वका साथ हेरेर अघि बढ्ने छौं।

विद्युत वितरण प्रणाली र संस्थालाई  कसरी डिजिटलाइजेसन गर्ने, देशभरि स्मार्ट मिटर कार्यान्वयन तत्कालै गर्नुपर्नेछ। भूमिगत रुपमा तार बिछ्याउने (अन्डरग्राउन्ड केबलिङ) को काम प्रभावकारी रुपमा हुन सकेन। त्यसलाई व्यवस्थित बनाउन काम गरिनेछ। 

अहिले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन बनाउन एकदमै आवश्यक छ। यो अन्तरदेशीय प्रसारणलाइन अगाडि बढाइने छ। प्रसारण लाइनमा रोकिएका काम तत्काल सुरु गर्ने योजना रहेको छ। 

 आयोजनाहरुमा ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमलाई आक्रामक रुपमा अगाडि बढाउने छौं। माथिल्लो अरुण, तामाकोसी ५, बेतन कर्णाली, किमाथांका अरुणलगायत आयोजनाको काम गर्नुपर्नेछ। निर्माण सम्पन्न भइसकेको माथिल्लो तामाकोसीबाट मात्र वार्षिक २० अर्ब रुपैयाँ राजस्व आउँदा त्यो पैसाले हामी अरु आयोजनामा लगानी गर्न सक्छौं।

प्राधिकरणबाट तपाईं बाहिएसँगै विद्युत चुहावट बढेको र नाफासमेत घटेको देखिएको छ। यसलाई प्राधिकरण बाहिर बसेर कसरी लिनुभएको छ?

मेरो कार्यकालमा वित्तीय उपलब्धी भएको थियो। त्यो वित्तीय अवस्था घटेको नै छ। मेरो कार्यकालको आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब नाफा भएकै हो। त्यो बेला धेरै जसो मान्छेहरुले उठ्दै नउठेको पैसासमेत राखेर नाफा देखायो भने तर त्यतिबेला ट्रक लाइनको रकम समेटिएको थिएन। 

त्यो वर्षको करिब २/३ अर्ब रुपैयाँ रहेको थियो। ट्रक लाइनको ‘डेडिकेटेड लाइन’को पैसा रिजर्भ राखिएको थियो। नाफामा जोडिएको थिएन। त्यसैले त्यसबेला  करपछि ११ अर्ब ६८ करोड रहेको थियो। अहिले करपछि ३ अर्ब ३० करोड मात्रै रहेको छ। त्यसैले विभिन्न कारणले नाफा घटेको छ। त्यसलाई अब हामीले पूर्ति गर्नुपर्ने छ।

अब हामीले नेपाली जनतालाई सहुलियतमा विद्युत दिने गरी योजना बनाएर अगाडि बढाउनुपर्ने छ। त्यस्तै प्राधिकरणले इन्फास्ट्रक्चरमा, विद्युतीकरणमा, सेवा विस्तारमा  धेरै लगानी गर्नुपर्ने छ। 

पछिल्लो समय करिब २ प्रतिशत विद्युत चुहावट बढेको छ। तर, त्यो चुहावट करिव २६ प्रतिशतबाट १५ प्रतिशतमा झरेको थियो। त्यसलाई हामीले साढे १३ प्रतिशतमा झार्ने भनेर टार्गेट राखेका थियौं,  तर सकिएन। अहिले करिब १७ प्रतिशत पुगेको छ। अब हामीले त्यो चुहावटलाई धेरै घटाउनुपर्ने हुन्छ। अबको चार वर्षभित्र विद्युत चुहावट १० प्रतिशतभन्दा पनि ८ प्रतिशतसम्म झार्नुपर्ने अवस्था रहेको छ।

त्यसो भएको हुनाले यो बिना लगानी आउने भएकाले विद्युत चुहावट नियन्त्रणमा बढी जोड दिनुपर्छ। पछिल्लो समय कोरोना महामारीको कारणले व्यवस्थापन नपुगेको हुनाले पनि बढेको हुनसक्छ। 

तपाईंकै कार्यकालमा अगाडि बढेको विद्युतीय तार भूमिगत (अन्डरग्राउन्ड ) गर्ने काम प्रभावकारी रुपमा अगाडि बढेको छैन, यसलाई कसरी अगाडि बढाउनुहुन्छ ?

यी  काम सबै सरोकारवाला निकायहरुसँगको समन्वयमा अगाडि बढाउँछौं। जस्तोः सडक विभाग, खानेपानी, नेपाल टेलिकमलगायतसँग समन्वय गरेर अगाडि बढाउँछौं।

आवश्यक परेमा उर्जा मन्त्रालयले यो समन्वय गर्ने छ। त्यसले पनि भएन भने प्रधानमन्त्री तहबाट पनि समन्वय हुने छ। यो काम एकदमै राम्रो गर्नका लागि अगाडि बढाइएको हो। तर, अहिले उद्देश्यअनुसार काम भएको छैन। जनताले देख्ने गरी जनतालाई असर पर्ने गरी भएको कामलाई रोक्नुपर्छ। राति काम गर्ने भनेर ठेकेदारसँग सम्झौता भएमा रातिको समयमा नै काम गर्नुपर्छ। त्यो काम तत्काल सुचारु गर्नेछौं।  अब यो काठमाडौं उपत्यकालाई सुन्दर मात्रै नभएर  जति पनि माग आउँछ, त्यो संरचनालाई धान्ने गरी निर्माण कार्य अगाडि बढाउँछौं।

प्राधिकरणको कार्यभार सम्हालिरहँदा ठूलो चुनौतीको बीचमा आएको छु भन्नुभयो। अहिले प्राधिकरणमा केके चुनौती देख्नुभएको छ?

पहिलो कार्यकालमा मैले जुन काम गरेर जुन किसिमको सम्मान र जनताबाट माया र हाैसला पाएँ। त्यो ऊर्जा, त्यो मानसम्मान र हौसलालाई जीवित राख्नका लागि र त्योभन्दा बढी उचाइ बनाउन ठूलो चुनौती रहेको छ।

विद्युत वितरण प्रणाली र संस्थालाई  कसरी डिजिटलाइजेसन गर्ने, देशभरि स्मार्ट मिटर कार्यान्वयन तत्कालै गर्नुपर्नेछ। भूमिगत रुपमा तार बिछ्याउने (अन्डरग्राउन्ड केबलिङ) को काम प्रभावकारी रुपमा हुन सकेन। त्यसलाई व्यवस्थित बनाउन काम गरिनेछ। 

मैले पहिलो कार्यकायकालमा जुन काम गरे त्योभन्दा बढी काम गर्नुपर्ने चुनौती समेत रहेको छ।

पहिलेको साख जोगाउनका लागि भए पनि अहिले मैले धेरै मेहनत गर्नुपर्छ । मैले पहिलेको भन्दा बढी काम गर्न सकिनँ र प्राधिरकण घाटामा जान थाल्यो भने त्योभन्दा ठूलो चुनौती मलाई अरु केही हुन सक्दैन। मैले चुनौती लिँदा प्राधिकरकणलाई राम्रो हुन्छ। 

यस्ता चुनौतीको सामना गर्न कस्ता योजना बनाउनुभएको छ?

त्यस्ता खालका चुनौती भएता पनि तिनीहरुको सामना गर्छु भनेर नै प्राधिकरणमा आएको छु। अहिलेका यस्ता चनौती सामना गर्न नसक्ने भए म पुनः प्राधिकरण कार्यकारी भएर आउने थिइनँ।

विद्युत क्षेत्र र प्राधिकरणमा विगतदेखि नै विभिन्न बक्यौता, वित्तीय समस्या र चुहावट रहेका छन्। तर, विगतमा किन यस्ता समस्या हल गर्न सकिएन?

पहिल पनि समस्या समाधान नभएको भन्ने होइन। धेरै समस्या हल पनि गरेको हो। तर, समयले पनि  त्यतै बनाउदै लगेको छ। पहिलो कार्यकालमा जसरी सुधार गरे त्यसमा सबै कुरामा बिग्रिन लागेको भन्ने होइन। केही थप भएका मात्रै हुन्।

तर, नेपालको विद्युत प्राधिकरणमा सरकारले लगानी गर्नु पर्दैन। प्राधिकरण आफंै वित्तीय अवस्थामा सक्षम बन्नसक्ने अवस्था रहेको छ। अब हामी यस्ता सबै समस्या समाधान गदै पहिलेभन्दा उत्कृष्ट संस्थाका रुपमा चिनाउने छौं।

सरकारी स्वामित्वमा रहेका संस्थामा राम्रो व्यवस्थापन र योजना भएको व्यक्ति आउँदा संस्था राम्रो हुने तर, ऊ संस्था बाहिरिएसँगै संस्था कमजोर बन्दै जाने अवस्था रहेको छ। यसलाई कसरी लिनुभएको छ?

यसमा मैले देखेको बुझेको कुरा, एउटा संस्थाको नेतृत्व गरेर बाहिर जाँदा संस्थामा परिर्वतन हुने गरेको छ । त्यसमा नेतृत्व गर्ने व्यक्तिमा भर पर्छ। संस्थाको नेतृत्व गर्दा नेतृत्वले सही कुरालाई सही र गलत कुरालाई गलत भन्न सक्नुपर्छ।

संस्थाको नेतृत्वमा नै सबै कुरा निर्भर हुने भएकाले संस्थाको सुधार हुने वा नहुने त्यसैमै निर्भर हुन्छ। त्यो सँगै संस्थाहरु सिस्टममा पनि भरपर्छ।

संस्थागत सुधार एकैचोटी छोटो समयमा हुन सक्दैन। यसका लागि समय लाग्ने गर्दछ। त्यसका लागि हामीले टेक्नोलोजीको पनि विकास गर्नु जरुरी रहेको छ।

दूरजराजका सर्वसाधारण जनताले विद्युत कहिले पाउँछन, विद्युत विस्तारमा कस्तो योजना छ?

अहिलेको प्रमुख कुरा नै प्राधिकरणले दूरदराजमा बसेका जनतालाई विद्युतको पहुँचमा पुर्याउनु हो। अब सबै सर्वसाधारण जनताले पनि विद्युतको उपभोग गर्न पाउने वातावरण बनाउनुपर्छ। देशैभरि विद्युतीकरण विस्तार गर्ने सरकारको पनि योजना रहेकाले प्राधिकरणको पनि प्रमुख प्राथमिकता रहेको छ।

सबै नेपाली जनताले दुई वर्षभित्रमा विद्युत पाउँछन्। त्यो पनि सहुलियत पूर्ण रुपमा विद्युतको पहुँचमा पुर्याउने योजनालाई प्राथमिकता राखेर अगाडि बढ्ने छौं।

उज्यालो नेपाल योजनाको योजनाकार तपाईं यसलाई अब कसरी अगाडि बढाउनु हुन्छ?

अब उज्यालो नेपाल बनिसकेको छ। नपुगेको स्थानमा चाँडै पुर्याउँछौं । त्यसपछि उज्यालो सहर र सडक बनाउने योजना रहेको छ। उज्यालो सडक योजना पनि अब अगाडि बढाउँछु। 

अहिले स्मार्ट मिटर जडान सुरु भएको छ। त्यसलाई पनि निरन्तरता दिएर सबै उपभोक्ताको घरमा स्मार्ट मिटर जडान गरिन्छ। त्यस्तै सिँचाइका लागि खेतखेतमा विद्युतीकरण गर्नुपर्ने अवस्था रहेको छ।

नेपालमा विद्युतीकरणका लागि विदेशी लगानी ल्याउन पनि जरुरी छ। तर, विद्युतमा मात्रै नभएर समग्र अन्य क्षेत्रमा समेत विदेशी लगानी ल्याउन जरुरी छ।

Skip This
Skip This
Logo