कोरोनाको तेस्रो लहर भयावह हुन सक्छ, सतर्क बनौं : डा.सन्तोष दुलाल (भिडियोसहित)

कोरोनाको तेस्रो लहर भयावह हुन सक्छ, सतर्क बनौं : डा.सन्तोष दुलाल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अनुसन्धान वैज्ञानिक डा.सन्तोष दुलालले मुलुकमा कोरोनाको तेस्रो लहर सुरु भइसकेको बताएका छन्।

डा. दुलालका अनुसार नेपालमा कोरोनाको पहिलो लहर ३ सय ९ दिन रहेको र दोस्रो लहर ०७७ फागुनदेखि २०७८ को साउनसम्म रहेको तथा पुनः साउनको दोस्रो सातादेखि कोभिड बढेको हुँदा पछिल्लो समय संक्रमण बढ्नुलाई तेस्रो लहर मान्न सकिन्छ।

दुलालले साउनको पहिलो साता दैनिक संक्रमित संख्या १८ सय रहेकोमा पछिल्लो समय ३ हजारदेखि ५ हजारसम्म रहनुले पनि तेस्रो लहर सुरु भएको मान्न सकिने उनको ठहर छ।

पछिल्लो समय संक्रमणयुक्त भएका कोरोना संक्रमितहरूमा त्यसको मापक सिटी भ्यालु निकै कम देखिएको दुलालको भनाइ छ।

‘तेस्रो लहरअघि संक्रमित भएकाहरूमा १८ देखि २५ सम्म सिटी भ्यालु भएका संक्रमित बढी देखिन्थ्ये, अहिले हामीले गरेको परीक्षणमै धेरैको सिटी भ्यालु ८ देखि १२ छ, जुन निकै जोखिम मानिन्छ’, दुलालले भने।

सिटी भ्यालु जति कम छ, त्यति जोखिम मानिने गरेको छ। जसको सिटी भ्यालु कम छ, त्यस व्यक्तिले धेरैलाई संक्रमण सार्न सक्छ, किनकी त्यस्तो व्यक्तिमा भाइरल लोड बढी हुने गरेको छ।

डा दुलालले केहीअघि मात्रै ५०० बढी सक्रिय संक्रमित रहेका जिल्लाहरू ८ देखि १० वटा रहेकोमा पछिल्लो समय बढेर १८ पुगिसकेको हुँदा सरकारले तदारुकताका साथ संक्रमण नियन्त्रण गर्न लाग्नुपर्ने उनको जिकिर छ।

तेस्रो लहरको जोखिमको सवालमा भने यो बढी संक्रामक रहने र यसअघिको भन्दा बढी क्षति पार्न सक्ने अनुमान दुलालले गरेका छन्।

डा. दुलालसँग केन्द्रबिन्दुका लागि विकास आचार्यले गरेको कुराकानी हेरौं यो भिडियोमा 

 

Skip This
Skip This
Logo