दसैं विशेषः पिङबाट लडेर टाउकै फुट्यो: नीता ढुङ्गाना (भिडियाेसहित)

दसैं विशेषः पिङबाट लडेर टाउकै फुट्यो: नीता ढुङ्गाना (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्रकी नायिका नीता ढुङ्गानालाई दसैँ भन्ने बित्तिकै आफ्ना अभिभावकको याद आउँछ। यससँगै उनलाई भवानी दुर्गाको समेत याद आउँछ। बाल्यकाल तर्फ फर्कँदा उनलाई नयाँ लुगाको याद आउँछ।

बाल्यकालमा उनलाई दसैँ सुरु हुन महिना दिन अघिबाटै नयाँ लुगा र मामा घर याद आउँथ्यो। दसैँको समयमा वातावरण नै सुवासमय हुने भएकाले पनि त्यो समयले आफूलाई लोभ्याउने गरेको ढुङ्गाना बताउँछिन्। दसैँको समयमा मिठो मिठो परिकारका साथै दक्षिण पाउने भएकाले पनि बाल्यकालको दसैँमा आफू लोभिने गरेका उनको अनुभव रहेको छ। 

दसैँमा खसी काटेपछि झनै उत्साह थपिने उनको बालपन थियो। बाल्यकालमा सानो कुरामा पनि खुसी हुन पाउने भएकाले बाल्यकालमा फेरी फर्कन पाए पनि हुन्थ्यो भन्ने सधैँ लागिरहन्छ।

व्यवसायीक जीवन सुरु गरेपछि दक्षिण नदिए पनि हुन्थ्यो। परिवारका लागि आफैं केही गर्नुपर्छ जस्तो लाग्ने नीतालाई बाल्यकालमा भने दक्षिणा पाएपछि हेर्न नै हतार हुन्थ्यो। उनी दसैँको दक्षिणमा निकै मक्ख हुन्थिन्। 

प्रविधिको बढ्दो प्रयोगसँगै सहजै शुभकामना आदानप्रदान गरिने भए पनि पुरानो समयमा प्रत्यक्ष भेटेर दिइने शुभकामना उनलाई खुबै याद आउँछ। ढुङ्गाना आफ्नो काममा व्यस्त भइरहेको हालको समयमा बाल्यकालका साथिसंगी खुबै सम्झन्छिन्।

दसैँको खेलिने पिङले पनि उनलाई लोभ्याउने गरेको छ। बाल्यकालमा मात्रै हैन उनी अहिले पनि पिङ खेल्न रुचाउँछिन्। आफ्नो निधार तर्फ इसारा गर्दै उनी भन्छिन्, 'यहाँ अझै पनि खत छ। पिङ खेल्दा लडेर टाउको नै फुटेको थियो।'

हेरौँ  नायिका ढुङ्गानासँग केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले गरेको दसैँ विशेष कुराकानी यो भिडियोमा:

 

Logo