सातै प्रदेशमा टुरिजम मार्ट सञ्चालन गर्ने नीतिमा अगाडि सारेका छौँ : चन्द्र रिजाल (भिडियाेसहित)

सातै प्रदेशमा टुरिजम मार्ट सञ्चालन गर्ने नीतिमा अगाडि सारेका छौँ : चन्द्र रिजाल (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीको जोखिमका कारण गत दुई वर्ष यता पर्यटन व्यवसाय प्रायः ठप्प छ । पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम भएसँगै नेपालमा पर्यटकका लागि अन अराइभल भिसा उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । 

पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ भने बिस्तारै पर्यटन व्यवसायलाई चलायमान बनाउनका लागि आवश्यक पर्ने श्रोत, साधन र व्यवस्थापकीय काम गर्न आन्तरिक रणनीति नै बनाएर अघि बढेको छ । 

गत वर्ष नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । तर चीनको वुहान शहरमा २०१९ को डिसेम्बर अन्तिममा कोरोना महामारी देखिएर विश्वभर फैलिएसँगै नेपाल भ्रमण वर्ष पनि सफल हुन सकेन । जस कारण पर्यटन बोर्ड अब फेरि नेपाल भ्रमण वर्ष झैँ पुनः अर्को कार्यक्रम ल्याएर नेपालमा पर्यटनको क्षेत्रमा प्रवर्द्धन गर्ने लक्ष्यका साथ अघि बढेको छ । 

प्रस्तुत छ यसै सम्बन्धमा केन्द्रित रहेर  नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालसँग गरेको कुराकानीको सम्पादित अंश:

 

Logo