राष्ट्रिय व्यापार संघले भन्यो, ‘बन्द हड्ताल कसका लागि ?’ (विज्ञप्तिसहित)

राष्ट्रिय व्यापार संघले भन्यो, ‘बन्द हड्ताल कसका लागि ?’ (विज्ञप्तिसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपा प्रचण्ड–माधव समूहले आज आह्वान गरेको बन्द हड्तालको राष्ट्रिय व्यापार संघले विरोध जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै संघका महासचिव वैकुण्ठ दाहालले यस्ता बन्द हड्तालका कार्यक्रम रोक्न अपील गरिएको छ । कोरोना माहामारीले अस्तव्यस्त बजार भर्खरै उठ्न लागेको बेलामा पुनः राजनीतिक दलका बन्द हड्तालले टाउकोमा नै हान्न खोजेको आभाष भएको छ । विज्ञप्तिमा जनाइएको छ ।

‘पछिल्लो समयमा देखापरेका राजनीतिक घटनाक्रमले आम व्यवसायीमा वितृष्णा पैदा गराएको र व्यवसायीलाई पलायनतर्फ उन्मुख गराउन खोजेको महशुस भइरहेकाले यसतर्फ सचेत भइ राजनीतिक दलले बन्द, हड्ताल, र्याली, धर्ना जुलुस जस्ता व्यवसायिक वातावरण बिथोलिने कार्यक्रम नगर्न संघ सबै राजनीनिक दलहरुलाई अपील गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति यस्तो छ :

कोरोना माहामारीले थिलथिलो पारेर भर्खरै उठ्न लागेको ब्यापार ब्यावसायलाई पुन सिर्जित राजनैनिक गतिविधिले फेरि टाउकोमा नै हान्न खोजेको आभाष आम ब्यावसायीलाई पर्न गएको छ । पछिल्लो समयमा देखापरेका राजनैतिक घटनाक्रम ले आम ब्यावसायीमा बितिष्णा पैदा गराएको र ब्यावसायीलाई पलायन तर्फ उन्मुख गराउन खोजेको भान भइरहेको छ । यस तर्फ सचेत भइ आम राजनैतिक दलले बन्द हड्ताल धर्ना जुलुस जस्ता ब्यावसायिक वातावरण बिथोलिने कार्यक्रम नगर्न नगराउन राष्ट्रिय ब्यापार संघ राजनैनिक दलहरुमा हार्दिक अपिल गर्दछ । साथै हाल उत्पन्न भइरहेको विषम परिस्थितिलाई धर्ना जुलुस र बन्दका माध्यमबाट समाधान खोजिनु भन्दा पनि वार्ता र छलफलका माध्यमबाट अबलम्वन गर्नु जरुरी छ ।

बन्द हड्ताल जस्ता कृयाकलापले गरिखाने वर्गलाई प्रत्यक्ष असर पर्ने हुँदा यस्ता अवाञ्छित गतिबिधिबाट टाढै रहन समेत राजनीतिक दलहरूलाई राष्ट्रिय ब्यापार संघ सचेत गर्दछ । साथै गरि खाने वर्ग सधैं बन्दको विरोधी भएको र यस्ता बन्दको कुनैपनि कार्यक्रममा नगर्न नगराउन हुन राजनीतिक दलहरुलाई राष्ट्रिय ब्यापार संघ जोडदार माग गर्दछ। साथै सरकारले पछिल्ला राजनैनिक घटनाक्रमहरुमा तत्कालै सम्बोधन गरि समस्याको समाधान तर्फ लागि उचित ब्यावसायिक वातावरण तय गर्न राष्ट्रिय ब्यापार संघ सरकारसँग जोडदार माग गर्दछ ।

महासचिव
बैकुण्ठ दाहाल
राष्ट्रिय ब्यापार संघ,
न्युरोड, काठमाडौं ।

Logo