आमा–बुवा हुनु नै सौभाग्यको कुरा हो । ‘आमा–बुवा’ शब्दलाई उच्च दर्जामा यसकारण राखिन्छ, किनभने आमा–बुवा जस्तो दुनियाँमा अरु कोहि हुँदैनन् । "/>

के तपाई असल अभिभावक हुनुहुन्छ ?

के तपाई असल अभिभावक हुनुहुन्छ ?

केन्द्रबिन्दु
0
Shares

आमा–बुवा हुनु नै सौभाग्यको कुरा हो । ‘आमा–बुवा’ शब्दलाई उच्च दर्जामा यसकारण राखिन्छ, किनभने आमा–बुवा जस्तो दुनियाँमा अरु कोहि हुँदैनन् । तर, उनीहरुले आमा–बुवा हुनुको जिम्मेवारी इमान्दारीपुर्वक निभाएका छन् कि छैनन् त ?

बच्चाको पहिलो पाठशाला घर हो, र पहिलो शिक्षक आमा–बुवा हुन् । बच्चा भनेको काँचो माटो जस्तै हो, जसलाई जस्तो आकारमा पनि ढाल्न सकिन्छ । जस्तो आकारको बनाउन चाहे पनि बनाउन सकिन्छ । बच्चा जन्मने वित्तिकै देखि जे सिक्छ, त्यो आफ्नो अभिभावकबाट नै सिक्छ ।

बच्चा जन्मिदाँ परिवारमा खुशीको सौगात लिएर आउँछ । एकले अर्कालाई मिठाई बाडेर थाक्दैनन् । घरको रौनक नै बढार्इदिन्छ । तर, जब बच्चा हुर्कदै जान्छ । त्यो खुशी पनि सेलाउँदै जान्छ अर्थात अभिभावकहरुलाई थप चिन्ता हुन थाल्छ बच्चाको भविष्यको बारेमा सोचेर ।

आफुले सोचे जस्तो बच्चाले गर्दैनन् । आफ्नो आमा–बुवाले भनेको टेर्दैनन् । जिद्दि हुन थाल्छन् । यस्तोमा अभिभावकहरुलाई बच्चा प्रति रिस उठ्छ अनि गाली गर्छन्, कराउँछन्, पिट्छन् । तर, यो एकदमै गलत हो ।

बच्चाले अरु कहिबाट सिकेर आएको हुँदैनन्, उनीहरुले जे सिक्छन् आफ्नो अभिभावकबाट नै सिक्छन् । बच्चाले आफ्नो अभिभावकसँग बसेर नै सिकेका हुन्छन् । कहि न कहि अभिभावकको नै गल्ती हुन्छ । अभिभावकहरुले नै बच्चालाई राम्रो संस्कार दिन नसक्नु हो ।

मेहनत गर्नेः
बच्चा हुर्काउनु धेरै मेहनतको काम हो । उनीहरुसँग सन्तुलन मिलाएर हिड्न एकदमै जरुरी हुन्छ । बच्चाहरुलाई जे गरेपनि गरोस भन्ने किसिमले छोड्दा या धेरै कडा गर्दा पनि बच्चा विग्रिन्छन् । त्यसैले धैर्य भएर निर्णय लिनुपर्छ ।

बच्चासँग नरम भएर पेश हुनुपर्छ । बच्चालाई राम्रोसँग सम्झाउनुपर्छ । बच्चासँग बस्दा साथी जस्तो भएर व्यवहार गर्नुहोस् तर यो कुराको पनि ध्यान दिनुहोस् कि तपाई अभिभावक पनि हो ।

आफ्ना तर्फबाट बेस्ट दिनुहोस्ः
हरेक काम गर्दा बेस्ट दिने कोशिस गर्नुहोस् ताकि बच्चाले पनि देखेर त्यै सिक्छ । यदि कुनै खेल नै खेल्दैहुनुहुन्छ भने पनि यो हुँदैन भनेर उसलाई नियममा हिड्न सिकाउनुहोस् । यसबाट बच्चाले हरेक काम बेस्ट तरिकाले गर्न सिक्छ ।

सेयर गर्ने वानीः
यो महत्वपुर्ण कुरा हो । संसार यसैमा टिकेको छ । धेरै बच्चाहरु आफ्नो चिज बाड्न चाहदैनन्, तर यो गलत हो । यो वानी सानो हुँदा त राम्रो हुन्छ तर ठुलो भएपछि यस्तो बच्चा कडा, असंवेदनशिल, भावहिन, निर्दयी बन्छ । त्यसैले बच्चालाई हरेक कुरा बाड्न सिकाउनुहोस् ।

घुलमिल हुन सिकाउनेः
अहिले एकल परिवारको संख्या बढि छ । बच्चालाई एक्लै बस्ने वानी बसिसकेको छ । यस्तोमा बच्चा समाजमा घुलमिल हुन रुचाँउदैनन् या सक्दैनन् । एक्लै बस्दा बच्चा रिसाउने झर्कने र डिप्रेसन नै हुने खतरा बढि हुन्छ । एक अर्काको सम्मान, आदर गर्न सिकाउनुपर्छ । आफुभन्दा सानोलाई माया र ठुलोको इज्जत गर्न सिकाउनुपर्छ ।

सफलतातिर बढ्न सिकाउनेः
बच्चाहरु बचपनमा तारा गन्ने गर्छन् । आफ्नो बच्चालाई तारा गन्दा गन्दै तारासम्म पुग्ने चाहना जगाउनुहोस् । यो अभिभावकको जिम्मेवारी हो । यसले बच्चालाई सफलता तर्फ अग्रसर हुन सिकाउँछ ।

Logo