प्यारा छोरा, बुहारी र नाति शुभाशिष ! आज-आज, भोलि भोलि भन्दाभन्दै वर्षों हाम्रो भेट हुन सकेन । "/>

पर्खाइ

पर्खाइ

केन्द्रबिन्दु
0
Shares

  • नीलम कार्की निहारिका –

प्यारा छोरा, बुहारी र नाति 

शुभाशिष !

आज-आज, भोलि भोलि भन्दाभन्दै वर्षों हाम्रो भेट हुन सकेन । तिमीलाई भेट्ने हजारौं मन हुँदाहुँदै पनि ‘घआऊ छोरा’ भन्न सकिन । अहिले त तिमी आफैं एक न्तानका बाबु हौ । तिमी आफैँ बुझ्न सक्छौ, आफ्ना सन्तानबाट टाढिएर बस्न कति गाह्रो हुन्छ ! हामीलाई पनि त्यस्तै गार्‍हो भयो बाबु । तिमी ठूला इसक्यौ तर आमाबाबुको नजर आफ्ना सन्तान काखका बच्चा सरह नै हुने रहेछन् । सधैं उही सानो बालक ! तिम्रा साथीहरूसँग भेट हुँदा उनीहरूमा तिमी खोज्दै बसेँ । कहिले कतैबाट तिमीले बाबा भनी बोलाएजस्तो मानी फर्केर पनि हेरें । तिम्री आमा तिमीलाई सम्झेर राती राती उठेर रून्थिन्, चाडपर्वमा उनको मन मनाउन गार्‍हाे पर्‍याे। उनको मन केही गरी बुझाउन खोजेँ तर आफ्नो पीडा कोसँग पोख्ने ? पछिपछि उनलाई समेत सम्झाउन नसक्ने भएको थिएँ ।

तिमी गएपछि यो घरमा कुनै वर्ष दसैं आएको छैन, टीका मुछ्ने जाँगर पनि हुँदैन । तिम्रा दिदीबहिनीका हात रित्तै हुन्छन् तिहारमा । हामीले घरमा मखमली र सयपत्री रोप्नै छाडिदियौँ ।

छोरा, एक दशकभन्दा धेरै यसरी नै पर्खियौँ । र, तिम्रो सुन्दर भविष्यका लागि अझै यसरी नै पर्खने थिएँ होला । तर, बाबु अब मसँग तिमीलाई पर्खिबस्ने समय नै छैन । भन, म कसरी पर्ख ? तिमीलाई एक पटक नभेटी म कसरी बिदा हुँ ? न पर्खिबस्न सक्छु, न त त्यसै जान सक्छु । म जान नसके पनि लानेले लगिछाड्छ । त्यहाँ गएर तिम्री आमालाई म के जवाफ दिउँला ? उनी मेरो छोरालाई भेट नगरी जान्न भन्थिन् । खबर गरिदिनू एक पटक मुख हेर्छु भन्थिन् । मैले छोरा आज आउँछन्, भोलि आउँछन् भन्दै छलिरहेँ र उनले अन्तिम समयसम्म पनि तिनै बाटो हेरिरहेकी थिइन्, एकदम अन्तिमसम्म ! यस्तै भयो, हामी सँगै बाँच्न पाइएन । तिमीलाई एक पटक भेट्ने धोको छ र तिमीलाई पनि बाबा भेट्ने मन भए आऊ । म पनि तिम्री आमाझै‌ँ तिमीलाई भेट्नै नपाई जाउँला तर तिम्रो मनमा शूल नपरोस् बाबालाई पनि भेट्न नपाएकामा । मनको शूल डरलाग्दो हुन्छ । बाँच्न दिन्न त्यसले । नराम्ररी सताउँछ सधैंभरि र तिम्रो बाटो हेरिसेको… ।

तिम्रो बाबा 

दीननाथ ।

बयान नम्बर १

न्युयोर्क सहरलाई पाँच इन्च हिउँले ढाकेको छ । सहर सुनसान छ, एकदम सुनसान ! पब्लिक यातायात, मेट्रो सबै बन्द छन्, बन्द छन् ठूलठूला व्यापारिक लहरू | दिउँसै सडकछेउका बत्ती बलिरहेछन् । हिउँ खसिरहेछ, एकापसमा जिस्कँदै जिस्कँदै । मात्र एक-दुई पदयात्री छन् फुटपाथमा । ती यात्रीमध्ये एक हो, श्रवण । कालो ओभरकोट, घुडासम्म बुट र घाँटीमा स्कार्फ लगाएर ऊ हिउँमाथि हिँडिरहेछ । उसले पाइला सारेर अलि अगाडि पुग्न नपाउँदै पहिलेको डोबलासिमलको भुवाजस्तै खसिरहेको हिउँले ढाकिदिन्छ र मेटाइदिन्छ उसको पाइलो अलि पर मूलबाटोमा हाजार्ड लाइट बलिरहेछ र कालोपत्रे बाटो पूरा सेतो श्रवण हिँडिरहेको छेउमा लस्करै पार्क गरिएका कारलाई हिउँले अँगालो हालेर बसेको छ । स्वयम् कारधनीलाई नै आफ्नो कार चिन्न मुस्किल पर्ने गरी । दुई-तीन ब्लक हिँडेपछि बाटो सफा गरिरहेकाहरू देखिन्छन्, गाडीबाट नुन फालिरहेका । यत्ति नै बेला ठूलो आवाज गरेर एम्बुलेन्स आउँछ ।

श्रवणको मन अत्तालिन्छ र सतर्क भएर उभिन्छ । कोटको खल्तीमा फोन भाइब्रेट गरिरहेछ । कोटको खल्तीबाट यसो हात बाहिर निकालेर फोनको स्क्रिनमा यसो हेर्छ अनि नम्बर हेरेर राखिदिन्छ । उसलाई कुरा गर्ने मन हुन्न । फोन अझ आन्दोलित हुन्छ कालो कोटको खल्तीमा । रिङ बाहिर नै सुनिन्छ । रिङटोनमा उसले सेट गरेको छ, ‘रातो र चन्द्र सूर्य.’ । ऊ हिउँले ढाकेको आफ्नो बुट हेर्छ । हेर्छ, कालोकोटतिर अनि हिउँ टकटकाउँछ । प्रायः दोकान बन्द छन् केही लिक्योर स्टोरबाहेक । सात ब्लकको हिँडाइपछि लिक्योर स्टोर भेट्छ । र, अहिलेको गन्तव्यमा पुग्छ । रातो लिपिस्टिक र कानमा ठूलो झुम्का लाएकी सेल्स गर्लले चाख्नका लागि सानो बोतल दिन्छे । ऊ नलिने ङ्केत गर्छ । 

हेनेसी, सोडा, सिराफिफ्थ, रेड वाइन, ह्वाइट वाइन र अरू एक भोड्का लिन्छ । रक्सी किन्दा उपहारमा टोपी पाउँछ । विज्ञापन बोकेको टोपी । रक्सी प्लास्टिकको झोलामा झुन्डाएर निस्कन्छ श्रवण । आउँदा खल्तीमा हात राख्न मिलेको थियो । हातले कठ्याङ्ग्रिनु परेको थिएन । अहिले झोला झुन्डाउन हात निकाल्नु परेकाले असह्य हुन्छ हिउँको पोलाइले । भोला नाडीमा झुन्डाएर हाको पन्जा खल्तीमा राख्छ । तीन दिनदेखि हिउँमाथि हिउँ थुपिँदै गएको छ । कतै तल्लो भाग क्रिस्टलजस्तो भएको छ । श्रवण चिप्लिन्छ र लड्छ । हातको भरमा उल्छ । धन्न बोतल फैमाथि पर्छ । बोतल उछिट्टिएर बोतल हिउँमाथि पुग्छ । बोतललाई हिउँले बँचाउँछ र फुट्न पाउँदैन । झोला भने छिन्छ । आफ्ना बाबुले रातो माटोमा चिप्लिएर लडेको घटना सुनाएको सम्झन्छ । अगेना वरिपरि बसेर कथा सुनेको सम्झन्छ । र, कोट टकटकाउँ, सम्मँदै बाबाको हरियो लङकोट । अब झोला छैन | बोतलहरू छातीमा च्यापेर अगाडि बढ्नु छ । अहिले दुवै हात बाहिर न् रक्सीको बोलत समाउनका लागि । माया गरेर बालकलाई जस्तै च्याप्नु छ रक्सीका बोतलहरू । अझै साढे चार ब्लक हिँडेपछि आफू बस्ने गरेको अपार्टमेन्ट पुग्छ श्रवण । अपार्टमेन्ट अगाडि पुग्दा औंलाहरू कल बेल थिच्न सक्ने अवस्थामै हुन्नन् । हातभन्दा स्विच बवान् बनेको छ । कठ्याङ्ग्रिएको हातले चाबी खोल्न सक्ने झन् सम्भावना नै थिएत्यसो हुनाले बेलको स्विच नै थियो । 

उसलाई अब लिफ्ट चढेर आठौँ तलामा पुग्नु छ । आज कनकको जन्मदिन परेकाले नजिकका साथीहरू डाकेकी छ रक्षाले । सबैतिर हिमपातका कारण बन्द भएकाले एक प्रकारको रमाइलो बिदाको दिनजस्तो मानेका छन् सबैले । वल्लो, ल्लो अनि केही ब्लक गरी ११ परिवारलाई डाकेकी छ रक्षाले । परिवारको गन्ती गर्दा कोही एक्लै पनि छन् । रक्षा खाना बनाउन जुटेकी छ बिहानैदेखि । “किन भोड्का ल्याएको ? यत्ति हो रेड वाइन ? .. पुग्छ यस्तो जाडोमा ?” “बियर पनि छ अस्तिको ।” “को खान्छ यो जाडोमा बियर ? यो भोड्का शर्मालाई मात्र ठिक्क हुन्छ र अनि यो वाइन सुलोचना अन्टीलाई । ओरेन्ज सकिएको रैछ, अल्मोन्ड पनि छैन । मिस्टर जोशीले सलाद धेरै खानुपर्छ भन्छन्, अरू कुनै स्टोर खुलेको छैन है ?” श्रवण हेर्छ मात्र । केही बोल्दैन । दोकान खुलेको छैन भन्ने सङ्केत गर्छ टाउकोले “दीपिका हार्ड नै खान्छिन् । मान्छे बोलाएपछि पुग्ने गरी राख्नुपर्यो नि । टीका दाइले रक्सी नखानु खाएपछि लाग्ने गरी खानुपर्छ, दिउँसोदेखि सुरू गर्नङ्घपर्छ, तास पनि खेल्नुपर्छ बहिनी भनेर फोन रेका थिए । टीका दाइलाई दुई जना जम्मा भो कि तास फिट्नको हतार हुन्छ ।” अब के गर्ने ? आँखाको सोधाइ श्रवणको । “म कफी बनाइदिन्छु । पिएर जाऊ अनि भोड्का र वाइन लिएर आऊ ।” 

यस टक हातमा पन्जा लगाउँछ । पिठ्युँमा खाली झोला बोकेर निस्कन्छ । फेरि सात ब्लक हिँडाइको लागि । 

बयान नम्बर २

पिठ्युँमा झोलाजस्तो थैलो बोकेर कोश-कोश हिँड्थे दीननाथ । सानो हुँदा कहिलेकाहीँ बाबाको बुई चढेर स्कुल गएको याद गर्छ अझै पनि श्रवण । स्कुल र बाबाले काम गर्ने हुलाक नजिकै भएकाले पनि कहिलेकाहीं मौका पाउँथ्यो बाबाको पिठ्युमा बोकिने । त्यो बेला सदरमुकामबाहेक अन्यत्र मोटरको सुविधा थिएन । प्रायः सदरमुकामदेखि अर्कोमा पुग्नेबाहेक अरू सबै पैदलयात्रा गर्न पर्‍याे। दसैंको बेला श्रमदान गरेर गोरेटो बाटो खन्थे गाउँले । हरेक वर्ष बाटो चौडा पार्थे तर मोटर गुड्न सकेको थिएन । मोटर बाटोले छोएको गाउँले आफ्नो क्षेत्रमा परेको बाटो नखनिदिएकाले पनि मोटर बाटो जोडिन सकेको थिएन । त्यो बेला टेलिफोनको पनि सुविधा थिएन । सदरमुकामबाट आवा, टेलिग्राम गर्न सकिन्थ्यो । हुलाक नै खबर आदानप्रदानको आधार थियो । सदरमुकामको हुलाक कार्यालयदेखि मान्छेले चिठी बोकेर पुयाउनुपर्थ्यो । पैदल पुर्‍याउनुपर्ने हुँदा छोटी हुलाक कार्यालयबाट एक जना कर्मचारीले आधा बाटो चिठी पुऱ्याउने अनि सदरमुकामबाट आएकोसँग थैलो साट्ने गरिन्थ्यो अनि यताको पठाउने दिने, पाउने लिएर आउँथे दीननाथ ।

छोटी हुलाकमा उनीजस्तै चिठी बोक्ने अर्को साथी थिए, धनराज । धराज र उनी पालो गरेर हिँड्थे । चिठीको थैलो बोलेर जाने दिन झिसमिसेमै निस्कन्थे । फर्कदा टुकी बल्ने बेला भइसक्थ्यो । चिठी थैलो बोक्न जानु नपर्ने दिन आफ्नो कार्यालयमा हाजिर हुनुपर्‍याे । त्यो बेला रजिस्ट्री आएको छ भने घरघरै पुयाउन जानुपर्ने हुन्थ्यो । त्यो पनि तीन-चार घन्टा लगाएर । शिक्षाको प्रचारसँगै विद्यालय आउनेको सङ्ख्या बढ्न लाग्यो । चार-पाँच गाउँ पञ्चायतको एउटै माध्यमिक विद्यालय भएको हुँदा टाढाटाढाका पढ्न आउँथे श्रवणको गाउँमा । गाउँबासीले तिनै विद्यार्थीको हातमा चिठी पठाउँथे । ती विद्यार्थीले खुसीखुसी गाउँलेको चिठी लागिदिन्थे पनि । बरू स्कुल छुट्दासम्म हुलाक खोलेर पर्खिबस्नु पर्‍याे । स्कुल तल हुलाक पर्ने हुँदा उनीहरू पनि आफै पसेर सोध्ने गर्थे, “चिठी लानु छ कि ?” विद्यार्थी सघाउनमा खुसी मान्थे । बोकेर लागेको चिठी बाटोमा घर नजिकका कोही भेट भए आफै हातले दिन्थे । होइन भने कुनै निश्चित दोकानमा गेर बुझाइदिन्थे, हाँ गाउँलेको आवतजावत बढी हुन्थ्यो । 

स्तै जाडो भए पनि, मुसलधारे पानी परे पनि दीननाथले थैलो साट्न हिंड्नै पर्‍याे । पुस-माघको जाडोका बेला ओभरकोट र बुट लगाउँथे । श्रवणका हजुरबुबा इन्डिन आर्मीमा जागिर गर्थे रे । त्यही बेलाको कानेटोपी, हरियो लामो कोट अहिले श्रवणका बाबाले लगाउँछन् । कोटको कुइनो च्यातिएर टालेका थिए र बुटको सोल पनि धेरै पटक मर्मत गराइसकेका थिए दीननाथले । तर, जाडोको बेला त्यही लगाउँथे । जब दीननाथ कोट निकालेर सुकाउँथे, बुटमा पालिस लगाउँथे, त्यो जाडो आउन लागेको सङ्केत हुन्थ्यो गाउँलेका लागि । थैलो साट्न जाने अघिल्लो दिन नै ३० किलो जाने बोराजत्रो सिलबन्दी थैलो घरमा ल्याइराख्थे । बिहान कुखुराको डाँकोसँगै निस्कन्थे । बिहानको खाना समेत बोकेर जान्थे । फर्कंदा त्यस्तै थैलो बोकेर आउँथे र सुरक्षित राख्थे । लगालग भोलिपल्ट पनि जानु छ भने कार्यालयमा ल्याएको थैली राखिदिन्थे र आफ्ना लागि ठीक पारी राखिदिएको लैजाने थैलो बोकी घर आउँथे । त्यो बेला इन्डिया या अन्त काम गएकाले पनि घरखर्चका लागि अलिअलि पैसा चिठीभित्र हाली पठाउने हुनाले डाँका लाग्ने डर हुन्थ्यो । एक पटक चुक डाँडा काट्ने भीरनजिक नलाई डाँकाले घेरे । झडप हुँदा घाउ नै घाउ लिएर फर्किएका थिए उनी । डाँकासँग बहादुरीपूर्वक लडेकामा स्याबासी पनि पाएका थिए हेड अफिसबाट । 

दीननाथको आम्दानीको स्रोत यही जागिर थियो । श्रवण र दिदीबहिनीलाई स्कुल पढ्न पर्याप्त पनि । जागिरबाट जोगिएको समय दीननाथ खेतीपातीमा लगाउँथे । राती घर आएपछि पनि गोठ भकारी लगाउने, तगारो थुन्ने, कुखुरा, हाँस थुन्ने र रातीका लागि बस्तुलाई घाँस पराल दिने काम गर्थे । अनि जाडो महिनामा अगेनाछेउ बसेर मकै छोडाउन सघाउँथे र कहिले कुँडेमा बसालेको दूध तताइदिन्थे । दीननाथ अगेनाछेउ बसेछि श्रवण र दिदीबहिनी झुम्मिन्थे । दिनभर बाटोको करा या लोककथा, गाउँखाने कथा सनाउँथे दीननाथ । दीननाथ खुट्टा पसारेर बस्थे भने श्रवणकी आमा खुट्टामा तेल लगाइदिन्थिन् । त्यति बेला बेस्मारी हिँडाइले डल्ला परेर गुजुल्टिएका नीला नसाहरू प्रस्ट देखिन्थे । तेल लगाइदिँदा आमाको हेराइले प्रस्ट भनिरहेको हुन्थ्यो, “तिमीले कति दुःख गरिरहेका छौ हाम्रा लागि ।” दीननाथको हेराइको जवाफ हुन्थ्यो, “तिमीले पनि कम दुःख गरेकी छैनौ । घरधन्दा गर्न, पानी ल्याउनु, लिपपोत गर्न, कुटानीपिसानी गर्न, घाँस काट्नु, भकारो सोहाेर्न, मोही पार्न.. कम छैन तिम्रो दुःख पनि ।’ दीननाथ सुनाउँथे- झन्डै खहरेले बगाएको कुरा । चिठी सबै भिजेका कुरा हुरीले छाता उडाएको कुरा । भञ्ज्याङमा बसेर खाजा खान बसेका बेला बाँदरले भाँडासँगै खानेकुरा लगेको कुरा अनि सबैभन्दा नबिर्सिने डाँकासँग लडेको कुरा । 

त्यो घटनापछि डाँकाहरूले बाटो कुर्लान् भनेर बाटो फेरीफेरी हिँड्थे रे दीननाथ । कहिले भञ्ज्याङमा पर्खेर कोही बटुवा आएपछि चुकडाँडा काट्थे रे । मनलाई अतीतमा हिँडाउँदै श्रवण फेरि लिक्योर स्टोरमा पुग्छ र भित्र पस्दा एकै पटक न्यानोले अँगालोमा बेरेजस्तो अनुभव गर्छ । ऊभन्दा अगाडि जाडो बिदा मनाउनेको लाइन छ । पालो पर्खन्छ र भित्तामा उभिएको ठूलो ऐनामा अनुहार नियाल्छ । थप रक्सी किनेर भिर्ने झोलामा हाल्छ । त्यति बेला बाबाले चिठीको थैलो पिठ्युँमा बोकेजस्तै गरी बोक्छ पिठ्युँमा । आफ्नो बुट हेर्छ अनि कोट । 

बयान नम्बर ३ 

पाहुनाहरू आइरहेछन् । रक्षा बोल्छे, काँ निर, “के निन्याउरो मुख लगाएको नि । पाहुनाहरूले के भन्लान् ? 

त्यो कुरा म्झेर अफ सेट भएका हौ ?” “त्योबारे अहिले केही नसोच । पाहुना बोलाइसकिएको छ । राम्ररी उम्काउनु पर्‍याे नि । ..केही पीर नगर के । म त हिजोआज केही पीर गर्दिनँ । सोच्नै छाडिसकें । भगवान् भरोसा भन्छु अनि आफ्नो काम गर्छ । यस्तै हो संसार | यसरी नै चलिरहेछ । चक्र हो चक्र ! श्रवणले ढोका छेउको कोर्लोजेटमा पाहुनाहरूको कोट झुन्डाइदिन्छ । भित्र हिटर लाएर तापक्रम मिलाएको हुँदा बाहिर जति जाडो भए पनि कोठाभित्र पसेछि एकसरो लुगा लगाए पुग्छ । कोट खोलेपछि महिलाहरूको शरीरमा पनि एकदम म लुगा छ । सबै जना चियर्स गर्छन् । एपटाइजर लिन्छन् । “म एकदम छिटो पिउँछु । मेरो बुढा गाली गर्छ मलाई । कस्तो जँड्याहाले जस्तो स्वाँट्ट खाएको भन्छ । मलाई त खाएपछि स्वाट्टै खान मन पर्छ । त्यही भएर म आइस क्युब होइन, हट वाटर राख्छु । आइस क्युबले डिस्टर्ब गर्छ । “ब्ल्याक फ्राई डे सेलमा टन्न सपिङ गरें मैले त । श्रीमान‍्ले अब क्लै जान दिन्न भनेका छन् । होस्, टिप्सको पैसा त हो । दुःख गरेपछि रहर त पूरा गर्न पर्‍याे नि ।’ 

“मैले पनि यो लिएँ । सेलमा राम्रो डिल पाएँ ।” “मेरो हसबेन्ड भनिसिन्छ- मलाई हिराको सेलको विश्वासै लाग्दैन । सुनको सेल लागेको कहिल्यै देखिएको छ ? यहाँ तीन सय पैंसठ्ठी दिनमा तीन सय छैसठ्ठी दिन सेल लाग्छ । “मलाई बियर टक्कै मन पर्दैन । त्यसै फुल भइने । बरू हार्ड नै ठीक । अलिकतिमा आनन्द । ल साथी हो मलाई लागेजस्तो छ है ।” रक्षा, तिमीले श्रवजीलाई खुवाउन सकिनौ है | आज त्यही उपहार माग ल । ल आज नखाए हामी पनि नखाने ।” कोही गिलास टेबलमा राख्छन् । केही पेग चढाइसकेकाहरूले गिलास बिसाउँछन् । गिलासलाई सुस्ताउन दिन्छन् । दुई रूम अपार्टमेन्ट हो यो । रूममेट फ्लोरिडा घुम्न गरेको हुँदा अलि खुला छ । जम्मा भएका बच्चाहरू त्यही कमन रूममा सेर टीभी हेरिरहेका छन् । जन्मदिन बच्चाको छ । उनीहरूका लागि भन्दा ठूलाका लागि रमाइलोको बहानाजस्तो छ । केटाकेटीहरू अभिभावकको हल्लादेखि झिंजिइरहेका छन् भने अभिभावकहरू केटाकेटीको । कोक, पिज्जा र टीभीमा भुलून् भन्नेमा छन् अभिभावकहरू । तर, घरीघरी आआफ्ना बाबुआमालाई डिस्टर्ब गर्न आउँछन् । केटाकेटीलाई फोन दिन्छन्, गेम खेल्न । उनीहरूको चाहना छ, कत्ति पनि नबिथोलियोस् भेटघाट र रमाइलो क्षण । र, श्रवण चाहन्छ, पार्टी छिटो सकियोस् । “केक काट्ने होइन ? “केको हतार छ र श्रवणजी ? रात आफ्नै हो, भोलि बिदा छँदै छ,’ शर्मा । 

अझै गिलास भरिने र रित्तिने क्रम जारी छ । “श्रवणजी टिकट बुक भयो त ?” मनोहरको प्रश्न । रक्षा अचम्म मानेर हेर्छ श्रवणलाई । “जाने नै निर्णय गरेको हो र भन्या ? सबै च्याट्टै छाडेर जाने ? अब हुने हुने बेलामा झन्,” सुलोचनाको थप प्रश्न । 

“जानुपर्छ, यस्तो बेलामा काम नलागेको छोरा मूला के काम ?” टीकाको रक्सी लागेको आवाज । 

अब त रक्षा पनि छिटो सकियोस् भन्नेमा छे । 

कनकले केक काट्छ । अनि बल्ल लाग्छ, एक बालकको जन्मदिनको भेटघाट हो यो ! 

पार्टी सकिन्छ । 

जुठो सफा गर्न छ । खाने भाँडा, प्लेट, म्चा, गिलास सबै कागजको भएको हुनाले सफा गर्नपर्ने भाडा धेरै छैन । जे जति छ डिस वासरमा राखिदिन्छ । गारबेज ठूलो झोलामा पोको पार्छ । “के तिमीले जाने नै निर्णय गरेको हो र ?” रक्षाको प्रश्न । “खोइ, दुई ओठको सङ्केतले जवाफ दिन्छ श्रवण । “मनोहरले सरी सोध्यो त टिकटको कुरा ?” “उसले ट्राभलमा काम गर्ने हुँदा सोधेको थिएँ ।’ “भन्नाले जाने मन त रैछ । यसै टिकट सोधेको होइन होला ? मसँग सल्लाह 

नै नगरी निर्णय गरेछौ त ?” 

सुनिरहन्छ श्रवण | 

“मान्छे यथार्थमा बाँच्नुपर्छ, भावुकतामा होइन ।” अब रक्षाको रक्सी एकाएक उड्छ । स्वास्थ्यको कारण धेरै पिएकी थिइन तर साथ मात्र दिएकी थिई साथीहरूलाई “सँगै बसेर मात्र हुन्छ र ? हामीले गर्ने कर्तव्य गरेकै छौ‌ नि । घाँसदाउरा गर्न छुटाएर सहरमा सानदार घर बनाएर राखेका छौँ । राम्रो खान, लाउन दिएका छौँ, औषधोपचार गरेका छौं, हामी नभएको भए तिम्रो बाबा उपचार नपाएर आजभन्दा पाँच वर्ष पहिले नै गइसक्नु हुन्थ्यो । हामीले थप आयु दिएका छौँ ।” श्रवण सुनिरहन्छ चुपचाप । “उहाँहरूले त आफ्नो जीवन बाँचिक्नु भो । अब हाम्रो बच्चाको जीवन हो । 

हाम्रो त पालो समेत आउँदैन । कहिले अभिभावकका लागि बाँच्दा ठिक्क, कहिले बालबच्चाका लागि । के सुख छ हामीलाई ? मैले आएदेखि नेलमा काला खुट्टा धोइबसेकी छु । हजारौंको खुट्टा धोइसकेको छु । यहाँ आफ्नो काखमा गन्हाउने खुट्टा राखेर मसाज गरिदिनुपर्छ । ५० सेन्ट, एक डलर टिप्स बढी पाउने लोभमा । हो, अर्काको खुट्टा धुंदैमा जाने भो, कोसँग गरूँ म गुनासो ? यहाँ आएदेखि डाक्टरको मुख देखेकी छैन । मेरो इन्स्योरेन्स छैन, तिम्रो स्टाट्स बिग्रेला भनेर हस्पिटल जान सकेकी छैन । ..तिमी ! यतिका वर्ष भो तिमीले त्यो मिस्टर भटनागरको गुलामी गरेको । काँधको छाला खुइलाएर कमाएको पैसा मिस्टर भटनागरकहाँ लगेर ट्याक्स बुझाउँछौ । हेर तिम्रो हातको ठेला । यतिका वर्ष भो आफूले पढेको विषयमा जागिर गर्न पाएका छैनौ । एक दिन होला भनी भारी बोकिरहेछौ । ..अब कसरी लथालिङ्ग पारेर जान सक्छौ यतिका वर्षको मिहिनेत ?” 

सुनिरहन्छ .. “मलाई पनि हेर न । भाइको बिहे भो, बहिनीको बिहे भो । कहिल्यै खुसीमा जुट्न पाइन । मलाई पनि आमालाई भेट्न मन छ तर कनकको भविष्य सम्झन्छु ।” कनकले सोध्छ पालैपालो हेरेर, “ह्वाट्स द म्याटर मम ?” “नोथिङ स्विटहार्ट । लिभिङ रूमको सोफालाई फोल्ड गरेर बेड बनाइसकेको छ श्रवणले । दिउँसोको बस्ने सोफा रातीमा कनकको सुत्ने बेड बन्ने गर्छ सधैं । त्यसैले यो जन्मदिनको बेलामा उसको माग छ, एउटा छुट्टै कोठा उसका लागि । 

बयान नम्बर ४ 

१२ वर्षअघि विद्यार्थीका रूपमा अमेरिका आएको थियो श्रवण । उसले यहाँ आएर पढ्यो । विद्यार्थी अवस्थाको कथा बेग्लै छ । श्रवणको ग्याजुएसनका बेला रक्षाले भिसा पाई । त्यो बेला दीननाथले पत्र खबर पठाएका थिए, ‘तिमी उतै बस बाबु, देशको स्थिति राम्रो छैन । समूह-समूहमा दुवै पक्षले धम्काउँछन् पालैपालो । चन्दाको बहानामा लुटपाट मच्चाएका छन् । एउटाको नाममा अर्कोले लुटछ, अर्कोको नाममा झन अर्कोले । न केटाकेटीको सुरक्षा छ यहाँ, न वृद्धकै । हामी नै कहाँ जाने होला भन्ने भएका बेला तिमी 

त्यहाँ पुगेको मान्छे अहिले नफर्क । देशका युवाहरूको जमात खाडी मुलुकतिर बगिरहेका बेला श्रवणले अमेरिकाबाट नफर्कने निर्णय गर्‍यो । निर्णय त गर्‍यो, उसलाई समस्या गर्‍यो भिसा स्टाट्सको । उसका अगाडि दुई बाटो थिए- एच वन (काम गर्ने भिसा) तिर जाने या असाइलम गर्ने । कोही साथी क नम्बर रोज्ने सल्लाह दिन्थे त कोही दुई नम्बर | उसले एक नम्बर नै रोज्यो । दुई नम्बरका लागि मेरो ज्यानलाई मेरो देशमा राजनीतिक कारणले खतरा छ भन्ने सबुत जुटाउनु पर्‍याे । एक नम्बरका लागि यहाँ पढेको योग्यता अनुसारको जागिर खोज्नुपर्‍याे । उसले जागिर पायो तर तलब निकै म थियो । धेरै घन्टा काम गरेर थोरै पैसा पाउने भो । जे भए पनि अहिले एच वन हुने र पछि मिस्टर भटनागरले ग्रिनकार्ड पनि फाइगरिदिने भएपछि स्वीकार गर्‍याे जागिर | अब स्वीकार नगर्नको विकल्प पनि थिएन । “केही समय हो, ग्रिनकार्ड आएपछि सबै बाटो खुलिहाल्छ,” रक्षाको मन बुझायो आफ्नो सँगै ।

त्यसरी नै केही समय चलिरहेको थियो । भटनागरले एक-एक स्टाफ कटौती गर्ने भए । स्टाफ कटौतीमा पर्न भनेको श्रवणको स्टाटसमा मस्या आउनु थियो । समाधान केही हुनु थियो र समाधान निस्कियो पनि । सर्त थियो-श्रवणले बाहिर कतै काम गर्ने र अफिसबाट तलब बराबरको ट्याक्स आफैले तिर्नपर्ने र अफिसले श्रवणको नाममा तलब भनी चेक काट्ने । श्रवणले क्यास बनाएर मिस्टर भटनागरलाई फिर्ता दिने । भटनागरले यो लचकता देखाएबापत, सहयोग गरेबापत, कर्मचारी भइरहे बापत मिस्टर भटनागरको अफिसको प्रोजेक्टका लागि सघाउने । मौखिक सम्झौता भयो । आजसम्म निर्वाह गर्दै आएको छ सम्झौता । स्टोरमा काम गर्छ र बुझाउँछ ट्याक्स मिस्टर भटनागरको अफिसबाट । कमाइको ठूलो हिस्सा बुझाउनु परेको हुँदा कम सुतेर धेरै काम गर्छ अनि आशा गरिरहेछ– कुनै दिन हरियो कागज आउने छ र आफ्नो स्तर अनुसारको काम पाउने छु र उडेर आफ्नो देश जाने छु । 

रक्षाको पर्खाइ पनि त्यही हो । 

बयान नम्बर ५ 

रातमा फोन बज्छ । उज्यालोमा नभई राती राती बज्ने फोन विदेशमा राम्रो सन्देश बोकी आउँदैन भनेर तर्सिन्छ, विदेशमा बस्नेको मन । क्षाका आँखा खुल्छन् । फोन बोल्नै नपाई काटिन्छ या केही सुनिदैन । फेरि बज्छ फोन । हतपत उठाउँछ श्रवण । यस पटक पनि केही सुनिँदैन । “तिमी निदाएकै छैनौ ? के निर्णय गर्‍याै त ?” “सोचिरहेछु ।” “धेरै सोचेर टाउको नदुखाऊ । हामीले भविष्यका लागि बाँच्नुपर्छ, सोच्नुपर्छ र हाम्रो सन्तान हाम्रो जिम्मेवारी हो, हाम्रो भविष्य हो । उनीहरूले चाहेर यो दुनियाँमा आएका हैनन्, हामीले ल्याएका हौं । अब यो जन्मने बच्चा र कनकबारे पनि सोच । तिमी गयौ भने फर्कन सक्ने छैनौ । म अब यिनीहरूका लागि जे सम्झौता गर्न पनि यार छु । तिमी पनि सोच ।” ऊ झ्यालबाट देखिने एक टुक्रा आकाशतिर हेर्छ । आफ्नो जवाफ त्यहाँ लेखिएजस्तो गरी । आकाशमा झन् प्रश्नैप्रश्न देख्छ | जूनताराभरि प्रश्न, बादलसँग प्रश्न ! केही बेरमा फोनले म्यासेज आएको सङ्केत दिन्छ । भान्जाको म्यासेज रहेछ, ‘मामा, हजुर आउन हतार नगरे पनि हुन्छ अब ! श्रवणले घर-आफन्ती सबैलाई फोन गर्ने प्रयास गर्छ । बल्लबल्ल फुपाजुसँग सम्पर्क हुन्छ । फुपाजुको आवाजमा कम्पन छ “तिनै बाटो हेरिरहनुभएको थियो.. ।” 

(भाेलि ‌आइतबार विमाेचित हुने अमेरिकी भावभूमिका २४ कथाकाे सँगालाे ‘परदेशका कथा’मा सङ्गृहीत याे कथाले प्रवासीकाे मर्म बाेलेकाे छ ।)

Logo