गोकुलेश्वरमा ‘चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी-२०८१’ आजदेखि

गोकुलेश्वरमा ‘चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी-२०८१’ आजदेखि

केन्द्रबिन्दु
252
Shares

बैतडी । गोकुलेश्वरमा आजदेखि ‘चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी-२०८१’ सञ्चालन हुँदैछ।

असार ३ (भोलि)सम्म सञ्चालन हुने साहित्य सम्मेलन डिलाशैनी गाउँपालिका-६ मा आयोजना हुने बताइएको छ।

गंगा दशहरा पर्वको अवसर पार्दै आजदेखि सुरू हुने सम्मेलनमा नेपालसहित भारत र भुटानका गरि १ सयभन्दा बढी साहित्यकारको उपस्थिति रहने कार्यक्रम संयोजक हेमबाबु लेखकले जानकारी दिए।

‘ऐतिहासिक अन्तर्राष्ट्रिय काव्य गोष्ठीले बहुसाहित्यिक, बहुभाषिक, बहुसांस्कृतिकलगायत परस्पर अन्तरसम्बन्धका बहुआयामलाई जोड्न कोशेढुंगा सावित हुने कुरामा हामी विश्वस्त छौँ। यस सम्मेलनमार्फत् यहाँको पर्यटन प्रवर्द्धन, भाषा, कला, साहित्य, भेषभुसा, संस्कृति, सभ्यताको उन्नयन तथा ऐतिहासिक, पुरातात्विक स्थलको अन्तर्राष्ट्रिय जगतमा अध्ययन, अनुसन्धान एवम् महत्वको विषयवस्तुका रुपमा समावेश गर्नु हाम्रो पहिलो र एकमात्र प्रयास हो,’ संयोजक लेखकले भने।

यस्तै, उनले प्राज्ञिक एवम् साहित्यानुरागीलाई सहभागिताका लागिसमेत अनुरोध गरे।

Logo