डा. केसीको पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन

डा. केसीको पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । प्राध्यापक डा. सुरेन्द्र केसीद्धारा लिखित पुस्तक ‘स्मृति र अनुभूति’ विमोचन गरिएको छ ।

शुक्रबार राजधानीमा एक समारोहका बीच प्राध्यापक डाक्टर केसीको उक्त पुस्तक पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितलगायतले विमोचन गरेका हुन् ।

डा. केसीका अनेकौं अनुसन्धानात्मक तथा विश्लेषणात्मक लेख रचनाहरू पुस्तकमा उल्लेख गरिएका छन् । उनले विभिन्न पत्रपत्रिकाहरूमा स्तम्भकारको भूमिकासमेत निर्वाह गरेका थिए । उनको पुस्तक ‘स्मृति र अनुभूति’ पैरवी प्रकाशनले बजारमा ल्याएको हो ।

Logo