पुस्तक चर्चा : यस्तो छ, ‘योग सन्देश’

पुस्तक चर्चा : यस्तो छ, ‘योग सन्देश’

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २० भदौ । 

संसारको सवैभन्दा ठूलो सम्पत्ति के हो ? यसको एउटै जवाफ छ, ‘स्वास्थ्य’ । ‘निरोगी जीवनभन्दा ठूलो सम्पत्ति अरू केही छैन’ । अनुभवले निकालेको निष्कर्ष हो यो । र, योगलाई निरोगिताको औषधि पनि मानिन्छ । यही निष्कर्षका साथ तृतीय अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा प्रकाशित कृति ‘योग सन्देश’ ले मानिसलाई जीवन शैली पनि सिकाउँछ । 

परापूर्वकालदेखि किन गरियो योग ? योगले मानिसलाई कस्तो बनाउँछ ? समाजलाई कसरी अगाडि बढाउ“छ ? समग्रमा योगको सिद्धान्त के हो ? यी तमाम प्रश्नहरूको जवाफ भेटिनेछ पुस्तक ‘योग संदेश’मा । त्यसैगरी कसरी गर्ने योग ? कुन आसनले कस्तो समस्याबाट मुक्ति दिन्छ ? आदि प्रश्नको पनि समाधान बोलेको छ, यस पुस्तकले ।

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रकाशित ‘योग संदेश’ धेरै अर्थमा महत्वपूर्ण पुस्तक हो । यसको अध्ययनले मानिसले आफ्नो दैनिक जीवन परिवर्तन गर्न सक्छ । आफू उभिएको धरातलको ज्ञान पाउन सक्छ । आफूलाई सही मार्गमा हिँडाउन सक्छ । समग्रमा ‘योग संदेश’ को मूल मर्म यही नै हो ।

पुस्तकका बारेमा

पुस्तकको नाम –  योग सन्देश

प्रधान सम्पादक – योगाचार्य जी. एन. सरस्वती

सम्पादक – महेश चन्द्र शर्मा/जीवन चन्द्र कोइराला

प्रकाशन सन्दर्भ– तृतीय अन्तर्राष्ट्रिय योग दिवस (२०१७)

प्रकाशित प्रति – १ हजार

प्रकाशक – भारतीय राजदूतावास, काठमाडौं

Skip This
Skip This
Logo