ज्ञानमणि नेपाल कालोटोपी

      कहिले निवन्ध त कहिले शब्दकोश लेखेर चर्चामा आइरहने साहित्यकार विनयकुमार शर्मा नेपाल यसपटक मार्गदीप भन्ने कविता संग्रह लिएर आएका छन् । "/>

विनयको कविता ‘मार्गदीप’

विनयको कविता ‘मार्गदीप’

केन्द्रबिन्दु
0
Shares

ज्ञानमणि नेपाल कालोटोपी

      कहिले निवन्ध त कहिले शब्दकोश लेखेर चर्चामा आइरहने साहित्यकार विनयकुमार शर्मा नेपाल यसपटक मार्गदीप भन्ने कविता संग्रह लिएर आएका छन् ।

उनका लेखनी गहनताले भरिएका हुन्छन् । यस कवितामा पनि उनी तिखारिएका छन् । हरेक कविताले मानव जीवनका विविध विषय र यथार्थताहरु प्रस्तुत गरिरहेका छन् । मार्ग र दीप शब्दलाई अलग पार्ने हो भने बाटो र उज्यालो दिने वत्तीको अर्थ लाग्छ । साँच्चै नै कविता पनि उज्यालोको बाटो देखाउने खालकै लेखिएको पढ्दै जाँदा पाठकले बुझ्न अप्ठ्यारो पर्दैन ।
जीवन, दर्शन, जगत र वैचारिक सघनताले सजिएको मार्गदीपमा मान्छेले कसैलाई देख्न नसक्नु भनेको शरीरबाट मन र आत्मालाई निकालेर लयबद्ध हुन खोज्नु जस्तै हो भनिएको छ । कवितामा नारी र पुरुषका विचको आर्कषण, मायाप्रेमका यथार्थ पक्षलाई पनि निकै रोचक पाराले उतारिएको छ । सबै भन्दा रमाइलो कुरा के छ भने सानो कुरालाई पनि कविता बनाउन सक्नु उनको कवित्व यहाँ छर्लङ्ग देख्न सकिन्छ ।
हो म यो पनि जान्दछु ,
मान्छे भन्ने जात
आफू बदलिन गए गिरेको ठान्दछ ।
अरुलाई बदल्न पाए जितेको ठान्दछ
त्यसैले अहंकार र कुण्ठाको पोको हो मान्छे । (मान्छे,मन र स्वभावबाट)
यसमा मानवको स्वभाविक अवस्थालाई देखाइएको छ । उनका कुनै कवितामा लक्ष्मीप्रसाद देवकोटाको प्रभाव पनि पाइन्छ ।
म फलाममा फलाम ठोकिनु
संगितको झंकार ठान्छु ।
त्यसको लयतामा मदहोश बन्छु ।
तर तिमी सर्मपणलाई हार ठानेर
आगो नै आगोको प्रचण्ड लप्काले
भरिएको कुवा देख्छौ र जीवनबाट पलायन हुन्छौ (हो म तरल छु बाट) ।।
उनका कविता पढ्दा जति रसिला छन् कुनै कुनै पट्यार लाग्दा पनि छन् कि झैं लाग्छ । कुन मुडमा के लेखेका होलान् भन्ने पनि लाग्न सक्छ । तर त्यो बुझ्न नसकिएको अवस्था हो । उनले जे उठान गरेका छन् वास्तवमा यथार्थपरक छन् । शब्दार्थ प्रकाशनले बजारमा पठाएको यस संग्रहमा ३९ वटा साना ठूला कविताहरु छन् । बजारमा यसलाई २ सय रुपैयाँमा किन्न पाइने छ ।
कतै तिम्रो जीवन
अरुको जस्तै
सबैको जस्तै
जन्मनु, खानु र लगाउनु अनि मर्नु मै सकिने त हैन ।।? (शंकामा छ बाट)

 

 

Skip This
Skip This
Logo