नेपालमा काेराेना तेस्रो लहरकाे सम्भावना उच्च, नयाँ म्युटेड भेरियन्टमा ध्यान दिन विज्ञको सुझाव

नेपालमा काेराेना तेस्रो लहरकाे सम्भावना उच्च, नयाँ म्युटेड भेरियन्टमा ध्यान दिन विज्ञको सुझाव

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले पहिलो र दोस्रो लहरमा सूचीकृत अस्पतालहरुलाई पुनः सङ्क्रमितको उपचार गर्न निर्देशन दिएपछि कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको सम्भावना बढेको पुष्टि भएको स्वास्थ्यविद्हरुले बताएका छन्।

अस्पतालमा थपिएका सङ्क्रमितहरुको अवस्था र सरकारले उपचार केन्द्र थप गर्न दिएको निर्देशन अनुसार तेस्रो लहरको पुष्टि भएको उनीहरुले स्पष्ट पारेका हुन्।

इपिडिमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक तथा भाइरोलोजिष्ट डा. वासुदेव पाण्डेले कोरोना सङ्क्रमण दरमा कमी नदेखिनु र कोरोनाको नयाँ म्युटेसन समुदायमा रहेका कारण पनि सङ्क्रमण बढिरहेको हुनसक्ने बताए।

अहिलेको अवस्थामा हप्ता हप्तामा समुदायबाट नमुना जम्मा गरेर भाइरसको नयाँ म्यूटेसन भए,नभएको पत्ता लगाउनु आवश्यक रहेको उनले बताए।

खोपको प्रयोगबाट कोरोना सङ्क्रमण दरलाई घटाउन सकिने भए पनि खोप केन्द्रमा नै भीडभाड रहेको र स्वास्थ्य मापदण्डको पालना नभएको कारणले पनि सङ्क्रमण दरलाई नियन्त्रणमा लिन कठिनाइ भएको उनको दावी छ।

खोप लगाइसकेकाले स्वास्थ्य मापदण्डको पालनामा बेवास्ता गर्ने गरेको पाइएकाले पनि सङ्क्रमण दरमा कम नभएको उनी बताउँछन्। यस्तै, जनस्वास्थ्यविद् प्रा.डा. केदार बरालले कोरोना संक्रमणमा कमी नआएको हुँदा नयाँ म्यूटेड भेरियन्ट समुदायमा फैलिएको हुन सक्ने भएकाले सबै तथ्याङ्कलाई मसिनो गरी हेर्नुपर्ने, कोही सङ्क्रमितलाई फरक खालको लक्षण देखिनासाथ उक्त व्यक्तिमा भएको भाइरसको पहिचान गर्नुपर्ने उनले औंल्याए।

तर भाइरसको म्युटेसनको जाँचमा सरकार चुकेको भनाइ राख्दै उनले खोपको प्रभावकारिताको विषयमा पनि सरकारले ध्यान दिनु आवश्यक रहेको स्पष्ट पारे।

यस्तै, जनस्वाथ्यविद् डा. बाबुराम मरासिनीले पनि कोरोना भाइरसको नयाँ म्युटेड भेरियन्टको बारेमा सरकारले ध्यान नदिँदा जोखिम झन् बढ्न सक्ने बताए। अहिलेको डेल्टा भेरियन्ट बढी सङ्क्रामक भएकाले यसको नयाँ म्युटेसनहरु चाँडो चाँडो देखिनसक्ने उनको भनाइ छ।

कोरोना सङ्क्रमण रोकथामको लागि मास्कको प्रयोग र स्वास्थ्य मापदण्डको पालनामा कडाइ सँगसँगै भाइरसको म्युटेसनमा पनि ध्यान दिनु आवश्यक रहेको उनी बताउँछन्।गाेरखापत्रबाट

Logo