बढ्दै महिलाको सम्पत्ति

बढ्दै महिलाको सम्पत्ति

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशमा महिलाको नाममा घरजग्गा रजिस्ट्रेसन (दर्ता) बढेको छ। नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले महिलाको नाममा रजिस्ट्रेसन बढेको देखाएको हो।

सम्पत्तिमा अधिकार दिलाउन सरकारले महिलालाई घरजग्गा रजिस्ट्रेसन गर्दा छुट दिँदै आएकोले उक्त छुट उपयोग गर्दै महिलाले आफ्नो नाममा सम्पत्ति राख्न थालेका हुन्। महिलाको नाममा घरजग्गा स्वामित्व बढेसँगै राजस्वमा कमी आएको छ। केन्द्रीय बैंकले प्रादेशिक आर्थिक गतिविधि अध्ययनअन्तर्गत गरेको प्रतिवेदनअनुसार सो प्रदेशमा घरजग्गा रजिस्ट्रेसनबापतको राजस्व ०.५ प्रतिशतले घटेर ७ अर्ब ३१ करोड कायम भएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व २७.९ प्रतिशतले बढेको थियो। यस अवधिमा घर/भवन नक्सापास संख्या १४.९ प्रतिशतले घटेको छ। भूकम्पबाट क्षतिग्रस्त घरको पुन: निर्माण कार्य अन्तिम चरणमा पुगेको र कोभिड-१९ का कारण  घर/भवन स्थायी नक्सापास संख्यामा कमी आएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। सार्वजनिक निर्माण तथा रियलस्टेटअन्तर्गत गत आर्थिक वर्षको प्रथम अर्धवार्षिक अवधिमा घरजग्गा रजिस्ट्रेसन १४.१ प्रतिशतले बढेको छ। गत वर्षको सोही अवधिमा सो संख्या १२.७ प्रतिशतले बढेको थियो।अन्नपूर्णबाट

Logo