वसन्त चौधरीले भने, ‘मलाई हृदयाघात भएको छैन, सामान्य हेल्थ चेक गरिएकाे मात्र हाे’

वसन्त चौधरीले भने, ‘मलाई हृदयाघात भएको छैन, सामान्य हेल्थ चेक गरिएकाे मात्र हाे’

केन्द्रबिन्दु
0
Shares

प्रसिद्ध उद्यमी तथा साहित्यिक व्यक्तित्व वसन्त चौधरीले आफूलाई हृदयाघात भएको भन्ने खबर पूर्णतः असत्य भएको बताएका छन्।

‘म घुमफिर गर्ने उद्देश्यले तीन दिनअघि दुबई आएको हुँ, हृदयाघातको खबर एकदमै निराधार हो’ चौधरीले भने– 'म यहाँ उपचारका लागि आएको पनि होइन, उपचार गर्नैपरे आफ्नै नर्भिक छँदैछ नि।'

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष चौधरीले भने, 'कोरोना कहरका कारण जीवन नै अलिकति गुम्सिएजस्तो भयो, रिफ्रेस हौं भनेर यहाँ आउँदा यहाँको पनि स्वास्थ्य सेवा लिन सामान्य हेल्थ चेकअप चाहिं गराएको हुँ,मलाई केही भएको देखिएन।’ 

एन्जियोग्राफीमा सामान्य समस्या देखिए पनि यो गम्भीर नभएको बुझिएको छ।नेपाल समाचारपत्रबाट

Logo