दशैँमा सिनेमा हल खुल्ने चलचित्रकर्मीहरूकाे अपेक्षा

दशैँमा सिनेमा हल खुल्ने चलचित्रकर्मीहरूकाे अपेक्षा

केन्द्रबिन्दु
0
Shares

चलचित्रकर्मीले दशैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन्। निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ।

नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण दशैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ।”

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले माेफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जानकारी दिए। उपत्यकाबाहेक प्रमुख फिल्म बजार रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग हल खुलाउनेबारे छलफल गरिएको छ। बोर्ड अध्यक्ष दयाराम दाहालले १० भन्दा बढी जिल्लाका सीडीओसँग संवाद गरेकाे बताए।

घरभन्दा सिनेमा घरमा सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिएमा मात्र दर्शकलाई आकर्षित गर्न सकिने बताउँदै उनले भने, “स्वास्थ्यभन्दा ठूलो चलचित्र पक्कै पनि हुँदैन। त्यसैले पनि तयारी गर्नुपर्नेछ। ”

चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले दशैँसम्ममा नेपालभरका चलचित्र घर खुल्ने आशामा रहेको बताउँदै दर्शकलाई नयाँ चलचित्र प्रदर्शन गर्ने पक्का भएको बताए। अहिलेसम्म हलिउडको बहुप्रतिक्षित फिल्म ‘फास्ट एन्ड फ्युरियस’को नवौँ शृङ्खला मात्र प्रदर्शनीका लागि निश्चित भएको छ।गाेरखापत्रबाट

Skip This
Skip This
Logo