‘कसका कारण र किन बिजुली अनियमित हुन्छ यसको उत्तर हामीले पाइरहेका छैनौं’

‘कसका कारण र किन बिजुली अनियमित हुन्छ यसको उत्तर हामीले पाइरहेका छैनौं’

केन्द्रबिन्दु
0
Shares

लामो समयदेखि अनियमित लोडसेडिङ हुन थालेपछि उपभोक्ता सास्ती भोग्न बाध्य छन्। छिनमै आउने र जाने बत्तीका कारण उपभोक्ता आजित बनेका हुन्। भोल्टेजमा असन्तुलन हुँदा सानो काममा पनि ठूलो सास्ती भोग्नुपर्ने बाध्यता छ।

असन्तुलित भोल्टेजका कारण विद्युतीय उपकरणमा समेत क्षति हुने गरेको उपभोक्ताको गुनासो छ। ‘पटकपटक बिजुलीले दु:ख दिइरहेको छ,’ मुसीकोटका व्यवसायी लिलबहादुर ओलीले भने, ‘कसका कारण र किन बिजुली अनियमित हुन्छ यसको उत्तर हामीले पाइरहेका छैनौं।’ २०७३ देखि नेपाल विद्युत् प्राधिकरणले जिल्लामा केन्द्रीय प्रसारण लाइन विस्तार विस्तार गरेको हो। त्यतिबेलादेखि नै उपभोक्ताले यो समस्या व्यहोर्दै आएको उनले जानकारी दिए।

केन्द्रीय प्रसारण लाइनको विद्युत् आए सजिलो हुने सोचे पनि झन् दु:ख पाइरहेको स्थानीय सुमित्रा मगरले बताइन्। ‘बिजुलीले सुविधाभन्दा बढी सास्ती दियो,’ उनले भनिन्, ‘आउनेजाने ठेगानै हुँदैन, आए पनि मधुरो बत्ती बल्छ।’ 

अहिले जिल्लामा सल्यानको सितलपाटीस्थित सवस्टेशनबाट विद्युत् सप्लाई भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सवस्टेसन टाढा भएकाले बेला बेलामा समस्या देखिने गरेको प्राधिकरणका केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए।

‘कुन ठाउँमा कतिखेर फल्ट हुन्छ थाहै हुँदैन,’ उनले भने, ‘मर्मतमा समय लाग्ने भएकाले पनि बेला बेलामा विद्युत् सेवा अवरुद्ध हुने गरेको हो।’ अहिले सितलपाटीसम्म मात्रै ३३ केभी क्षमताको विद्युत् सप्लाइ भइरहेको उनले जानकारी दिए। उनका अनुसार रुकुम पश्चिममा भने ११ केभीको मात्रै विद्युत् आपुर्ति भइरहेको छ।कान्तिपुरबाट

Logo