चीनले थप १० लाख मात्रा खोप अनुदानमा दिने

चीनले थप १० लाख मात्रा खोप अनुदानमा दिने

केन्द्रबिन्दु
0
Shares

चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ।

चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच छलफल भएको थियो। छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अनुदान सहयोग गर्ने बताइन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य राज्यमन्त्री र चीनका राजदूतबीच भेटघाट भएको जानकारी दिँदै चीनले अनुदानमा दिन लागेको खोपबारे छलफल भएको बताए।

यसअघि चीनसँग खरिद गरेको ६० लाख मात्रा खोप आइसकेको छ। यस्तै थप ६० लाख मात्रा खोप आउने चरणमा रहेको छ भने चीनले उपलब्ध गराउने १० लाख मात्रा खोप पनि तत्काल आउने बताइएको छ।

छलफलमा चीन सरकारले नेपाली सेनाका लागि पनि थप तीन लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ। यसैगरी चीनको अनुदानमा प्राप्त १६ लाख मात्रा खोप अक्टोबर २० देखि २३ सम्म नेपाल आइसक्ने राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका छन्।गोरखापत्रबाट

Logo