बाढी पहिरोबाट ११ वर्षमा २१ सय जनाको मृत्यु, १९ अर्ब ९५ करोडको धनमाल नष्ट

बाढी पहिरोबाट ११ वर्षमा २१ सय जनाको मृत्यु, १९ अर्ब ९५ करोडको धनमाल नष्ट

केन्द्रबिन्दु
0
Shares

०६८ देखि ०७८ कात्तिक ३ सम्म बाढी र पहिरोका कारण मात्रै मुलुकभर दुई हजार एक सय ३२ जनाले ज्यान गुमाएका छन्। ११ वर्षको यो अवधिमा १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

गृह मन्त्रालयको तथ्यांकअनुसार यस अवधिमा ३७ हजार ३५२ घर क्षतिग्रस्त बनेका छन् । ०६८ मा बाढीपहिरोबाट २३९ को मृत्यु भएको थियो । १२ सय ७७ घरमा क्षति पुगेको थियो। सो वर्ष ५५ करोड ७८ लाख रुपैयाँबराबरको भौतिक क्षति भएको थियो।

०६९ मा ७७ जनाको मृत्यु भएको, पाँच सय ८८ घरमा क्षति पुगेको र ४१ करोड ९७ लाख मूल्य बराबरको क्षति भएको गृहको तथ्यांक छ। ०७० मा बाढी पहिरोबाट दुई सय १० को मृत्यु, पाँच सय ६५ घरमा क्षति र १८ करोड ९४ लाख बराबरको क्षति भएको थियो।

०७१ मा बाढी पहिरोबाट एक सय ४२ को मृत्यु, ११ हजार दुई सय नौ घरमा क्षति र १४ अर्ब ९४ करोड बराबरको भौतिक क्षति भएको गृहको तथ्यांकमा उल्लेख छ। त्यस्तै, ०७२ मा एक सय ३५ को मृत्यु, दुई सय ३५ घरमा क्षति र १७ करोड ४२ लाख बराबरको भौतिक क्षति भएको थियो । ०७३ मा २४८ जनाको मृत्यु, एक हजार पाँच सय ६२ घरमा क्षति र ८४ करोड १३ लाख बराबरको भौतिक क्षति भएको थियो।

गृहका अनुसार ०७४ मा दुई सय ४१ को मृत्यु, १४ हजार तीन सय २९ घरमा क्षति र ८७ करोड ८५ लाख बराबरको भौतिक क्षति भएको थियो। त्यस्तै, ०७५ मा एक सय पाँचको मृत्यु, आठ सय ६२ घरमा क्षति, १६ करोड ८३ लाख बराबरको भौतिक क्षति भएको थियो । ०७६ मा एक सय ५६ को मृत्यु, पाँच हजार ७६ घरमा क्षति र एक अर्ब ४६ करोड बराबरको भौतिक क्षति भएको थियो ।

०७७ मा ३४३ को मृत्यु, ६ सय ६८ घरमा क्षति र ९९ करोड ७७ लाख बराबरको भौतिक क्षति भएको केन्द्रको तथ्यांकमा उल्लेख छ। त्यस्तै, ०७८ को वैशाखदेखि ३ कात्तिकसम्म दुई सय ३६ को मृत्यु भएको छ भने ६९ बेपत्ता छन्। नौ सय १८ घर क्षतिग्रस्त बनेका छन्। २६ करोड बराबरको धनमालमा क्षति पुगेको छ। नयाँ पत्रिकाबाट

Logo