सन्दीप पक्षका अधिवक्ता भन्छन्- हामीले दह्राे प्रमाण पेस गरेका छौं

सन्दीप पक्षका अधिवक्ता भन्छन्- हामीले दह्राे प्रमाण पेस गरेका छौं

केन्द्रबिन्दु
0
Shares

क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस आजपनि नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवाश पाठक र लभ मैनालीले बहस गरेका थिए । उनका कानून व्यवसायीले पीडित किशोरी नाबालिग भएको प्रमाण अदालतमा पेस गरिएको र सन्दीपबिरुद्धको अभियोजन नै प्रमाणित नहुने जिकीर गरेका छन् । भोलि (शुक्रवार) पीडित किशोरी पक्षका वकील र सरकारी वकीलहरुले बहस गर्नेछन् । 

आजको बहसपछि सञ्चारकर्मीसँग बोल्दै सन्दीप पक्षकी अधिवक्ता सुधा रिजालले पीडित भनिएकी बालिका नाबालिग नभएको प्रमाण पेस गरेको बताएकी छन् । उनले आज सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गर्नुभएको बताइन् । उनले पीडित भनिएकी किशोरीको अस्पतालको कागज र संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट पनि किशोरी नाबालिका होइनन् भन्ने पुष्टि हुने दाबी गरिन् । 

उनले भनिन्, ‘भोलि सरकारी पक्षका वकीलहरुको जवाफ बाँकी छ । फस्र्ट आवरमा उहाँहरुले जवाफ पेस गर्नुहुनेछ । त्यसपछि मात्रै कोर्टले आफ्नो निर्णय सुनाउँछ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, सविताजीलगायतले बहस गरेका थियौँ । पीडित भनिएकी किशोरी नाबालिग होइनन् भन्नेकुरा पहिल्यै मैले किटानका साथ भनेकी थिएँ । उनको अस्पतालको कागज र उनको संशोधित जन्मदर्ता, बसाईंसराईको कागजबाट उनी नाबालिका होइनन् भन्ने पुष्टि हुन्छ । सन्दीप लामिछानेको पक्षमा हामीले दरो प्रमाण पेस गरेका छौँ ।’
 
अधिवक्ता रिजालले शुक्रवार पनि थुनछेक बहस हुने र सरकारी वकील र सन्दीप पक्षधर वकीलले बहस गर्ने बताइन् । 

सन्दीपबिरुद्धको अभियोग जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सुनुवाई भइरहेको छ । बुधवारदेखि नै थुनछेक बहस शुरु भएपनि क्रिकेटर लामिछाने पक्षबाट कानून व्यवसायी धेरै भएकाले बहस लम्बिएको छ ।

Logo