आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै

आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । 

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । आज शुक्रवार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीसमेत गरिएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए ।

उनले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको बताउए । उनले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताए । 

उनले भने, ‘१९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको रुपमा लिएको छ, त्यही दिनलाई स्मरण गर्दै हामीले यो अभियान मनाएका हौँ । झण्डाको दुरुपयोग गरेको खबरदारीका रुपमा यो दिवस मनाइएको हो । राष्ट्रिय झण्डाको सम्मान गर्नुपर्छ ।’

उनले सरकारी निकायहरुबाट नै विश्वमै फरक रहेको नेपालको झण्डा फर्ने, दुपयोग गर्ने पाइएको भन्दै सरकारी निकायहरु यसमा सचेत बन्नुपर्ने बताए ।

Logo