‘राइड सेयरिङ’ सेवा सहज तर असुरक्षित यात्रा

‘राइड सेयरिङ’ सेवा सहज तर असुरक्षित यात्रा

केन्द्रबिन्दु
0
Shares

 

राइड  सेयरिङ’  सेवा  सुरक्षा  र  नियमनका  सवालमा  सरकारप्रति  जवाफदेही  बन्न  सकेका  छैनन्  ।  सार्वजनिक  यातायात  क्षेत्रको  बजारमा  हस्तक्षेप  गरिरहेका  पठाओ,  टुटल  र  इनड्राइभर  सेवाका प्रयोगकर्ता आफैँ जोखिम मोलेर तिनको प्रयोग गर्न बाध्य छन् ।

कम्पनीमा  दर्ता  भएर  अनलाइनमा  सेवा  दिनेभन्दा दर्ता भएका र नभएका राइडरहरू माझ अफलाइनमा  मोलमोलाई  गर्ने  प्रवृत्ति  बढ्दो  छ  । राइडर र व्यक्तिपिच्छे भिन्न भाडा दरमा मोलमोलाई गर्दै गरेको सडक छेउमा जति पनि देख्न सकिन्छ ।

अर्कोतर्फ यस्ता एप्सले आम सेवाग्राहीको दैनिकी निकै सहज बनाएका छन् । युवा माझ मोटरसाइकल आयआर्जनको  साधन हुनुका  साथै  लाखौँ  युवा  स्वरोजगार पनि भएका छन् । तर यी सेवा कानुनी रूपमा दर्ता, व्यवस्थापन र नियमन नहुँदा सम्भावित दुर्घटना बढेको यातायात व्यवस्था विभागले जनाएको छ  ।

हाल  राइडरका  रूपमा  यस्ता  राइड  सेयरिङ  एप्समा  झन्डै  तीन  लाख  ५०  हजार  नेपाली  युवा  जोडिएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

Logo