काठमाडौंमा बिहानैदेखि हुस्सु र कुहिरो, दिउँसो मात्र घाम लाग्ने, हवाई सेवा प्रभावित हुन सक्ने

काठमाडौंमा बिहानैदेखि हुस्सु र कुहिरो, दिउँसो मात्र घाम लाग्ने, हवाई सेवा प्रभावित हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ। सधै बिहानै पारिलो घाम लाग्ने काठमाडौं उपत्यकामा आज हुस्सुले गर्दा केही अँध्यारो देखिएको छ । 

“काठमाडौंमा बिहानैदेखि बादल र कुहिरो लागेको छ । जसका कारण घाम लागेको छैन,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “दिउँसो भने केही खुल्न सक्छ ।” कुहिरो र बादल लागे पनि वर्षाको सम्भावना भने छैन ।  काठमाडौंमा बिहान सोढे ८ बजेको तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । 

भिजिविलिटी दुई किलोमिटर रहेको नगरकोटीले जानकारी दिइन् । यो भिजिविलिटीले केही एयरलाइन्सको उडान तथा अवतरणमा रोकिन सक्छ । एयरलाइन्स अनुसार न्यून भिजिविलिटीमा उडान तथा अवरण गर्नसक्ने क्षमता फरक–फरक हुन्छ । 

Logo