हुस्सु-कुहिरोका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

हुस्सु-कुहिरोका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु-कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । 

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए। “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उनले भने । मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए ।

Logo