सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध पुनरावेदनमा सुनुवाइ हुँदै

सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध पुनरावेदनमा सुनुवाइ हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदै छ ।

लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा सुनुवाइ तोकिएको छ । लामिछानेको तर्फबाट उनलाई थुनामा राख्न जिल्ला अदालतबाट भएको आदेश बेरीतको आदेश भएको भन्दै सोविरुद्ध पुनरावेदन दायर भएको हो । 

Logo