एक युवा नदीमा हाम फालेको आशंकामा खोजतलास सुरु

एक युवा नदीमा हाम फालेको आशंकामा खोजतलास सुरु

केन्द्रबिन्दु
0
Shares

वाणगंगा नदीमा एक युवा हाम फालेको आशंकामा खोजतलास सुरु गरिएको छ। नदीको रामघाट पुलमा डुबेको आशंकामा खोजतलास सुरु गरिएको छ।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ तौलिहवा खानेपानीटोलका वर्ष २९ का गोरखनाथ वर्मा हाम फालेको आशंकामा खोजतलास गरिएको हो। वर्मा बुधवार बिहान ९ बजे देखि बेपत्ता भएका थिए। फोन लोकेसन ट्रयाक गर्दा रामघाट पुल देखिए पछि उक्त स्थानमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी नायव उपरीक्षक मीन बहादुर घलेले बताए।

प्रहरीले वर्माले प्रयोग गर्दै आएको एउटा फोन पुल माथि फेला पारेको छ। फोन भेटिए पछि नदीमा हाम फालेको आशंका गरिएको छ। 

Logo