सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

केन्द्रबिन्दु
0
Shares

पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ नहुने भएको छ । 

काठमाडौं जिल्ला अदालतले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि आज न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पाँचौँ नम्बरमा सुनुवाइ तोकिएको थियो तर, हेर्न नभ्याइनेमा राखिएको हो । 

आफूलाई थुनामा पठाउने आदेश बेरित रहेको भन्दै बदरको माग राखेर सन्दीपले पुनरावेदन दिएका हुन् । उनीमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ। सुनुवाइपछि इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामै राख्ने वा पुर्पक्षका लागि धरौटी रिहा गर्ने भन्ने आदेश गर्नेछ । 

Logo