विशेष अदालतबाट फैसला भएका ६ मुद्दालाई अख्तियारले सर्वोच्चमा लग्यो

विशेष अदालतबाट फैसला भएका ६ मुद्दालाई अख्तियारले सर्वोच्चमा लग्यो

केन्द्रबिन्दु
0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दामाथि पुनरावेदनको मागसहित सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मंगलबार ६ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो । विशेष अदालतबाट फैसला भएका ती मुद्दामा अख्तियारले फैसला चित्त नबुझेको भन्दै पुनरावेदन गरेको हो । थपलियाका अनुसार घुस-रिसवत, गैरकानुनी लाभ तथा हानी र सार्वजनिक सम्पत्ति हानी नोक्सानी सम्बन्धी ६ वटा मुद्दाका फैसलामाथि चित्त नबुझेर पुनरावेदन गरिएको उनले बताए ।

गत असार ९ गते सन्तमाया श्रेष्ठविरुद्धको घुस-रिसवत लिइ भ्रष्टाचार गरेको मुद्दा सम्बन्धी विशेष अदालतको फैसला, धनेश्वर प्रसाई, सुरेश प्रसाद नेपाल, सुदर्शन न्यौपाने विरुद्ध घुस-रिसवत लिने दिने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा गत असार ३ गते भएको फैसला पुनरावेदन गरिएको हो । यस्तै, नरबहादुर बोहरा, नरेन्द्रबहादुर भाट, मिनबहादुर बोहरा, मथुरीदेवी बोहरा, तेजबहादुर बोहराविरुद्धको मुद्दामा गत भदौ २९ गते विशेष अदालतले गरेको फैसला उपर पनि अख्तियारले पुनरावेदन गरेको छ ।

भीमप्रसाद आचार्य, रघुनाथ रेग्मी र हरिशंकर शर्माविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, भीमप्रसाद आचार्य, हरिशंकर शर्मा, मनिषकुमार महतोविरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसला, राधिकादेवी शर्मा, भरतप्रसाद उपाध्याय विरुद्धको मुद्दामा गत जेठ ५ गते भएको फैसलामाथि पनि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो ।

Logo