जनसाँस्कृतिक महासङ्घको ३५ औँ स्थापना दिवस सम्पन्न

जनसाँस्कृतिक महासङ्घको ३५ औँ स्थापना दिवस सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले कलाकर्मी निकट राष्ट्रिय जनसाँस्कृतिक महासङ्घको ३५ औँ स्थापना दिवस एक सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ ।

महासङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा एमाले संस्कृति विभाग प्रमुख रघुजी पन्तले जनपक्षीय सिर्जनाले सांस्कृतिक र सामाजिक रूपान्तरणमा लाग्न प्रेरित गर्ने बताए । कार्यक्रममा कलाकारहरूले नाटक, गीत र नृत्य प्रस्तुत गरेका थिए । त्यस अवसरमा महासङ्घले प्रकाशन गरेको संस्कृति पत्रिकाको विमोचन पनि गरिएको थियो ।
 

Logo